विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । देशका विभिन्न ठाउँमा जलविद्युत् आयोजनाहरू निर्माण तथा सञ्चालन गरिरहेका ९ जलविद्युत कम्पनीले हकप्रद सेयर निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएका छन् । यी कम्पनीहरूले ९९ करोड ८० लाख ६४ हजार ८ सय ४९ कित्ता हकप्रद सेयर निष्कासन अनुमतिको माग गर्दै बोर्डमा आवेदन दिएका हुन् । 

भदौ २२ गतेदेखि असोज २२ गतेसम्मको अवधिमा ९ जलविद्युत कम्पनीले ९ करोड ८० लाख ६४ हजार ८ सय ४९ कित्ता हकप्रद सेयर निष्कासन अनुमतिका लागि आवेदन दिएको बोर्डको तथ्यांकमा उल्लेख छ । बोर्डका अनुसार आवेदन दिएका कम्पनीहरूमा छयाङ्दी हाइड्रो पावर लिमिटेड, सिंगटी हाइड्रो इनर्जी लिमिटेड, हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेड, अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेड, रिडी पावर कम्पनी लिमिटेड, लिवर्टी इनर्जी लिमिटेड, ङादी ग्रुप पावर लिमिटेड, आँखुखोला जलविद्युत कम्पनी लिमिटेड र बरुण हाइड्रो पावर कम्पनी लिमिटेड रहेका छन् । 

हकप्रद सेयर निष्कासन अनुमतिका लागि आवेदन दिएका कम्पनीहरू

आँखु खोल जलविद्युत कम्पनी लिमिटेड
धादिङको आँखु खोलामा ८.४ मेगावाटको आँखु खोला–१ जलविद्युत आयोजना निर्माण गरी सञ्चालन गरिरहेको यस कम्पनीले हकप्रद सेयर निष्कासन अनुमतिका लागि असोज २१ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले १ः१.५ को अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद सेयर निष्काशन अनुमतिको माग गर्दै बोर्डमा आवेदन दिएको हो । 

कम्पनीले बार्डबाट स्वीकृति प्राप्त भएलगत्तै सेयर निष्काशन गर्नेछ । हकप्रद सेयरबाट उठेको पुँजीले गणेश हिमाल हाइड्रो पावरले निर्माण गर्न लागेको २० मेगावाटको आँखुखोला–२ जलविद्युत आयोजनामा लगानी गर्ने कम्पनीले जनाएको छ । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँट गर्न नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडलाई बिक्री प्रबन्ध नियुक्त गरिएको छ । 

रिडी पावर कम्पनी लिमिटेड
यस कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्कासन अनुमतिको लागि भदौ २४ गते बोर्डमा आवेदन दिएको छ । कम्पनीले १ः०.५ को अनुपातमा सय रुपैयाँ अंकित दरका ७७ लाख ४४ हजार ५ सय ६ कित्ता हकप्रद सेयर निष्कासन अनुमतिका लागि बोर्डमा आवेदन दिएको हो । 

कम्पनीले हकप्रद सेयर निष्कासन गरी बाँडफाँड गर्न मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकेकाे छ । कम्पनीले ८.५ मेगावाटको बुटवल सौर्य विद्युत र २.४ मेगावाटको रिडी खोला जलविद्युत आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ । 

लिवर्टी इनर्जी कम्पनी लिमिटेड
लमजुङ जिल्लामा २५ मेगावाटको माथिल्लो दोर्दी–ए जलविद्युत आयोजना निर्माण गरी सञ्चालन गरिरहेको यस कम्पनीले हकप्रद सेयर निष्कासन अनुमतिका लागि असोज २१ गते बोर्डमा आवेदन दिएको छ । कम्पनीले चुक्ता पुँजी १ अर्ब ५० करोडको ५० प्रतिशत अर्थात् ७५ करोड रकम बराबरको ७५ लाख कित्ता हकप्रद सेयर निष्कासन अनुमतिका लागि आवेदन दिएको हो । 

कम्पनीले १ः०.५ का अनुपातमा सेयर निष्कासन गर्नेछ । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । 

बरुण हाइड्रो पवार कम्पनी लिमिटेड
संखुवासभामा ४.५ मेगावाटको हेवा खोला जलविद्युत आयोजना निर्माण गरी सञ्चालन गरिरहेको यस कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले आफ्ना सेयरधनी सदस्यका लागि छुट्याएको सेयर निष्कासन गर्ने तयारी गरेको हो । 

कम्पनीले हकप्रद सेयर निष्कासन अनुमतिको माग गर्दै भदौ २२ गते बोर्डमा आवेदन दिएको थियाे । १ बराबर १ को अनुपातमा सय रुपैयाँ अंकितका दरले ५३ लाख ५८ हजार १ सय ५० कित्ता हकप्रद सेयर निष्कासन गर्न बोर्डमा आवेदन दिएको तथ्यांकमा उल्लेख छ । कम्पनीका अनुसार बोर्डबाट स्वीकृत पाएलगत्तै सेयर निष्कासन गरी बाँडफाँड गर्ने जनाएकाे छ । कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैकिङ लिमिटेडलाई नियुक्त गरिएको छ । 

ङादी ग्रुप पावर लिमिटेड
लमजुङ जिल्लाको सिउरी खोलामा ४.४५ मेगावाटको सिउरी खोला जलविद्युत् आयोजना निर्माण गरी सञ्चालन गरिरहेको यस कम्पनीले पनि हकप्रद सेयर निष्कासन अनुमतिका लागि बोर्डमा आवेदन दिएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन अनुमतिको माग गर्दै भदौ २१ गते बोर्डमा आवेदन दिएको हो । 

कम्पनीले १ बारबर १ को अनुपातमा सय रुपैयाँ अंकितका दरले १ करोड ८५ लाख १२ हजार ७ सय ९२ कित्ता हकप्रद सेयर निष्कासन गर्न बोर्डमा आवेदन दिएको छ । कम्पनीका अनुसार बोर्डबाट स्वीकृति पाएलगत्तै आफ्ना सेयरधनी सदस्यका लागि छुट्याएको सेयर निष्कासन गरी बाँडफाँट गरिनेछ । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँट गर्न सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ ।  

अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेड
अरुण भ्याली हाइड्रो पावरले पनि हकप्रद सेयर निष्कासन गर्न साउन २४ गते बोर्डमा आवेदन दिएको छ । कम्पनीले जारी पुँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६ सय रुपैयाँ बराबरको १ः१ को अनुपातमा १ करोड ८६ लाख ७९ हजार ६ सय २६ कित्ता हकप्रद सेयर निष्कासन गर्न आवेदन दिएको हो ।

कम्पनीले बोर्डबाट स्वीकृत पाएलगत्तै सेयर निष्कासन गरी बाँडफाँड गर्ने छ । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँट गर्न मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । 

छयाङ्दी हाइड्रो पावर कम्पनी लिमिटेड
यस कम्पनीले पनि  आफ्ना सेयरधनी सदस्यका लागि सेयर निष्कासन अनुमतिका लागि जेठ २२ गते बोर्डमा आवेदन दिएको छ । कम्पनीले १ बराबर १ को अनुपातमा सय रुपैयाँ अंकितका दरले ३८ लाख ६९ हजार ७ सय ७५ कित्ता हकप्रद सेयर निष्कासन अनुमतिका लागि आवेदन दिएको हो । 

कम्पनीले बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । कम्पनीले ६ मेगावाटको २ आयोजना सञ्चालनमा छन् । ४ मेगावाटको माथिल्लो छयाङ्दीले गत मंसिर २४ गतेदेखि र २ मेगावाटको छयाङ्दी खोला सानाले लामो समयदेखि विद्युत उत्पादन गरिरहेको छ । 

सिंगटी हाइड्रो इनर्जी लिमिटेड
सिंगटी हाइड्रोले पनि हकप्रद सेयर निष्कासन अनुमतिका लागि असार २७ गते बोर्डमा आवेदन दिएको छ । चुक्त पुँजी १ अर्ब ४५ करोड रकम बराबरको १ बराबर १ को अनुपातमा सय रुपैयाँ अंकितका दरले १४ करोड ५० लाख कित्ता हकप्रद सेयर निष्कासन अनुमतिका लागि आवेदन दिएको छ । कम्पनीको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले दोलखामा २५ मेगावाटको सिंगटी खोला जलविद्युत आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ ।

हिमालय ऊर्जा विकास कम्पनी लिमिटेड
यस कम्पनीले पनि हकप्रद सेयर निष्कासन अनुमतिका लागि बोर्डमा आवेदन दिएको छ । कम्पनीले १ बराबर १ को अनुपातमा सय रुपैयाँ अंकितका दरले हुन आउने ९९ लाख कित्ता हकप्रद सेयर निष्कासन अनुमतिका लागि बोर्डमा आवेदन दिएको हो ।

कम्पनीको सेयर निष्कासन गरी बाँडफाँट गर्न नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएकाे छ । कम्पनीले रामेछापमा १२ मेगावाटको उपल्लो खिम्ती र ७ मेगावाटको माथिल्लो खिम्ती जलविद्युत् आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit