विद्युत अपडेट

  • प्राधिकरण : ८८७३ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२०५८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२१४४ मे.वा.घन्टा
  • आयात : २५३ मे.वा.घन्टा
  • निर्यात : १५६५२ मे.वा.घन्टा
  • ट्रिपिङ : ९८० मे.वा.घन्टा
  • ऊर्जा माग : ६४३०७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८९२ मे.वा.
२०८१ असोज ३०, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

गलकोट । पछिल्लो २ महिनायता बागलुङमा विद्युत् अनियमित भइरहेको छ । नेपाल विद्युत् प्राधिकरणले वितरण गर्दै आएको विद्युत् अनियमित हुँदा यहाँका उद्योगी मारमा परेका छन् ।

पछिल्लो दुई महिनायता शनिबार विद्युत् कटौती भइरहेको छ भने अन्य समयमा पूर्वसूचना नगरी विद्युत् कटौती हुँदा उपभोक्ता र उद्योगी मारमा परेका छन् । पर्वतको मोदीबाट सोझै बागलुङ नगरपालिका–१ रामरेखास्थितको ३३–११ केभी क्षमताको सबस्टेसनमा ल्याइएको विद्युत्मा पटक–पटक समस्या आउदा विद्युत् कटौती भइरहेको छ ।

विद्युत् कटौतीले बागलुङभित्र रहेका पोलिक्निक, ल्याब, फर्निचर, ग्रिल उद्योग, घरेलु उद्योग, बेकरी, होटल, रेष्टुरेन्ट, अफसेट प्रेस, सरकारी तथा गैरसरकारी सस्था, बैंक तथा वित्तीय संस्थालगायतलाई समस्या भएको हो ।

विद्युत् सेवा अनियमित हुँदा रातको समयमा विद्यार्थीलाई अध्ययनमा समेत समस्या भएको छ । बेलाबेलामा विद्युत् आउने जाने गर्नाले विद्युत्बाट चल्ने धेरै सामग्री बिग्रिने गरेका छन् । रामरेखा सबस्टेसनबाट वितरण भइरहेको तित्याङ–सिगानामा क्षमताअनुसारको विद्युत नपुग्दा त्यहाँका फर्निचरलगायत अन्य घरेलु उद्योग बन्द हुने अवस्थामा पुगेका छन् ।

फर्निचरलाई आवश्यक विद्युत् नै आपूर्ति नभएको र आपूर्ति भइरहेको विद्युत्समेत पटक–पटक कटौती हुँदा २ महिनादेखि फर्निचर व्यवसाय नै धरासायी बन्न थालेको बागलुङ–८ सिगानाका फर्निचर व्यवसायी राज जिसीले बताए ।

‘जिल्लाभरमै विद्युत् अनियमित हुँदा हामी जस्ता साना उद्योगीलाई समस्या भएको छ, अहिले रायडाँडा तर्फको प्रसारणलाईनमा तित्याङ र सिगानाको लाइन जोड्न नसक्दा फर्निचरका उपकरणनै चल्न छोडेरको छ’, जिसीले भने, ‘विद्युत् कार्यालयले उचित पहलकदमी नलिँदा हामी जस्ता उद्योगी पयालय हुने अवस्था आएको छ, विद्युत् उत्पादन बढे पनि प्रसारण लाइनको क्षमता नबढ्दा उद्योगी तथा उपभोक्ता मारमा परेका छन् ।’

पछिल्लो सयम बागलुङमा विद्युत् आउने जाने गर्दा विद्युतीय उपकरणसमेत बिग्रने समस्या आएको स्थानीय हरि लम्सालले बताए । विद्युत् कटौतीले स्वास्थ्य क्षेत्र पनि प्रभावित भएको छ । विद्युत् कटौतीले बिरामीले अनलाइनबाट पाउने सेवा प्रभावित भएको छ ।

बिरामीको सबै विवरण अनलाइनमा भएको र विद्युत् कटौतीले लामो समय कुर्नुपर्ने बाध्यता आइलागेको बागलुङका नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताए ।

बागलुङमा पर्वतको मोदीबाट विद्युत् आपूर्ति हुने गरेको छ । लामो प्रसारण लाइन तथा बर्खामा पहिरो जाने, विद्युतीय पोलमा आउने समस्या जस्ता कारण बागलुङमा विद्युत् अनियमितरुपमा जाने गरेको छ । 

दाना–खुर्कोट सबस्टेसनको विद्युत् ल्याउन नसकिएको र बागलुङमा आएको मोदीको विद्युतमा दिन प्रतिदिन समस्या आउने गरेको छ । दाना–खुर्कोट सबस्टेसनको विद्युत् बागलुङ ल्याउन ठेक्का भइसकेको छ ।

नेपाल विद्युत् प्राधिकरण बागलुङले खुर्कोट सबस्टेसनबाट समेत विद्युत् ल्याउने र वैकल्पिक रुपमा मात्रै मोदीको विद्युत् प्रयोग गर्ने योजना बनाए पनि तत्कालै सम्भावना नभएको बागलुङ वितरण केन्द्रका इञ्जिनियर रमेश पौडेलले जानकारी दिए ।

विद्युत् कार्यालयले सामुदायिक वनका रुख काट्न नसक्दासमेत विद्युत् आपूर्तिमा समस्या भइरहेको बताए । बागलुङ र पर्वतको फलेवास क्षेत्रमा आउने लाइन एउटै भएका कारण पर्वतमा आउने समस्याले बागलुङ पनि प्रभावित हुने गरेको पौडेलको भनाइ छ ।

‘पुरानो प्रसारण लाइनमा समस्या देखिएको छ, पर्वतमा समस्या आउँदासमेत बागलुङ पूरै अन्धकार हुन्छ, बागलुङको र्‍याडाँडामा समस्या आउँदा अहिले बागलुङ बजारमा विद्युत् काट्नुपर्ने अवस्था छ’, इञ्जिनियर पौडेलले भने, ‘रामरेखा सबस्टेसनको स्तरोन्नतीको काम भइरहेकाले समेत विद्युत् अनियमित भएको हो, आगमी दिनमा विद्युत् कटौती घट्छ, सबस्टेसन स्तरोन्नतीसँगै बागलुङ, गलकोट, कुश्मिसेरालगायतका क्षेत्रको छुट्टाछुट्टै प्रसारण लाइन बनाएपछि समस्या घटेर जानेछ ।’

विद्युत् आपूर्ति अनियमितले उद्योगी तथा व्यवसायीलाई लाखौँको क्षति भए पनि सम्बन्धित निकायले कुनै सुनुवाइ नगरेकोे उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष नरेश कँडेलले जानकारी दिए ।

अहिले सामान्य झरी पर्दा र हावा चल्दासमेत दिनभर विद्युत् नआउने समस्या व्याप्त रहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३