विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पीपीए) दर निर्धारण प्रक्रिया अगाडि बढेको छ । कालीगण्डकी गर्ज हाइड्रो पावर प्रा.लि ले निर्माण अघि बढाउन लागेको आयोजनाको विद्युत खरिद बिक्री दर निर्धारण प्रक्रिया अगाडि बढेको हो ।

दररेट निर्धारण गर्न विद्युत नियमन आयोगले भदौ ३१ गते शुक्रबार सार्वजानिक सुनुवाई गर्न लागेको छ। पीपीए दरका बारेमा सरोकारवालासँग सुझाव लिने प्रक्रिया अगाडि बढाएको हो ।

नेपाल विद्युत प्राधिकरणले परियोजनाबाट उत्पादन हुने बिजुलीको दररेट प्रस्ताव गरिसकेको छ । वर्षायाममा प्रतियुनिट ४.८ रुपैयाँ र सुक्खा याममा १०.५५ रुपैयाँ र  नन–पिकिङमा ८.४ रुपैयाँ प्रस्ताव गरिएको छ । पिकिङको अवधि ६ घण्टा हुनेछ ।

पीपीए दर वार्षिक ३ प्रतिशतका दरले ८ पटकसम्म साधारण मूल्यवृद्धि गर्ने प्रस्ताव गरिएको छ । आयोजना गण्डकी प्रदेशको म्याग्दी र मुस्ताङ जिल्लाको थासाङ र अन्नपूर्ण गाउँपालिकामा अवस्थित हुनेछ ।

आयोजनाबाट प्रतिघन्टा १ अर्ब ५ करोड ५५ लाख ५२ हजार ३ सय १३ किलोवाट विद्युत उत्पादन हुनेछ । वर्षायाममा उत्पादन हुने विद्युतीय ऊर्जा प्रतिघन्टा ७१ करोड ७३ लाख ३८ हजार ८ सय ६७ किलोवाट विद्युत उत्पादन हुने कम्पनीले जनाएको छ । आयोजनाको सम्पन्न गर्न ३९ अर्ब ७४ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit