images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सान्जेन जलविद्युत कम्पनी लिमिटेडले रसुवामा निर्माण गरिरहेको ४२.५ मेगावाटको सान्जेन खोला जलविद्युत आयोजनाको काम ९२.२४ प्रतिशत पूरा भएकाे छ । कम्पनीले २०७० सालदेखि निर्माण सुरु गरेको आयोजनाको काम अन्तिम चरणमा पुगेकाे हाे ।

आयोजनाको सबै संरचनाको काम एक साथ भइरहेकाे आयोजना प्रमुख अर्पनबहादुर सिंहले बताए । आयोजनाको सिभिल संरचनाहरुको काम ९५ प्रतिशत पुरा भएको छ । ‘अहिले विद्युतगृहको इलेक्ट्रो मेकानिकल र हाइड्रो मेकानिकल उपकरण जडानको काम भइरहेको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘सबै संरचनाको काम पुरा भएपछि मंसिरदेखि परीक्षण सुरु गर्ने लक्ष्य छ ।’

अहिले जेनेरेटर जडानकाे काम पनि धमाधम भइरहेको छ । अर्को सातादेखि केबलहरूको पनि काम सुरु गर्ने जनाइएको छ । ३६४० मिटर लामो सुरुङ मार्गको काम पनि अन्तिम चरणमा पुगेकाे सिंहले बताए । सुरुमार्गको बाँकी काम पनि दुई महिनाभित्र पुरा गरिनेछ ।  १०८१ मिटर लामो पेनस्टक पाइप जडानको काम पनि दुई महिनभित्र पुरा गर्ने लक्ष्य राखेको जनाइएकाे छ । पेनस्टक पाइपमध्येमा १२ मिटर मात्र पाइप जडानको काम बाँकी छ ।

आयोजनाकाे सबै काम पूरा गरेर पुसभित्र उत्पादन थाल्ने लक्ष्य रहेकाे सिंहले बताए । निर्माण पूरा भएपछि उत्पादित विद्युत २ किलोमिटर लामो दुरीमा रहेकाे नेपाल विद्युत प्राधिकरणको चिलिमे हब–सबस्टेसनमा जोडिनेछ । सबस्टेसन सम्मकाे आवश्यक प्रसारण लाइनको काम भने पुरा भइसकेको छ ।

आयोजना निर्माण सम्पन्न गर्न ५ अर्ब २ करोड ४२ लाख रुपैयाँ लागत अनुमान गरिएको थियो, तर निर्माणमा ढिलाइ, डलरको मूल्यवृद्धि र मुद्रास्फीति र अन्य कारणले गर्दा आयोजनाको लागत बढ्न सक्ने कम्पनीले जनाएको छ । यही कम्पनीले १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत आयोजना निर्माण गरीरहेको छ । 

आयोजनाको थप विवरण

आयोजनाको नाम : सान्जेन खोला जलविद्युत आयोजना

प्रवर्द्धक : सान्जेन जलविद्युत कम्पनी लिमिटेड

आयोजनास्थल: रसुवा

क्षमता: ४२.५ मेगावाट

निर्माण सुरु भएको मिति: २०७० साल

सुरुङ: ३६०० मिटर

पेनस्टक पाइप: १०८१ मिटर 

विद्युत जोडिने विन्दु: चिलिमे हब–सबस्टेसन

अनुमानित लागत:  ५ अर्ब २ करोड ४२ लाख

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit