विद्युत अपडेट

  • प्राधिकरण : ९०४९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०६३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२०६८ मे.वा.घन्टा
  • आयात : २१० मे.वा.घन्टा
  • निर्यात : १८१६४ मे.वा.घन्टा
  • ट्रिपिङ : २५ मे.वा.घन्टा
  • ऊर्जा माग : ६४४१५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८१४ मे.वा.
२०८१ असोज १, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
हरित हाइड्रोजन विकास र प्रयोगमा नेपाललाई अर्को सफलता

काठमाडौँ । हरित हाइड्रोजन विकास तथा प्रयोगका क्षेत्रमा नेपाललाई अर्को सफलता प्राप्त भएको छ । हाल नेपालमा सञ्चालनमै रहेका पेट्रोलबाट सञ्चालन भइरहेका कारमा हाइड्रोजन फ्यूल ट्याङ्क थपेर हाइब्रिडमा रूपान्तरण गरी चलाउन सकिने प्रविधिको परीक्षण सफल भएको हो ।

निरन्तरको खोज–अध्ययनपछि पुल्चोक इन्जिनियरिङ क्याम्पसको प्राविधिक सहयोगमा रिन्युजेन रिसोर्स नेपालले यो काम गर्न सफल भएको रिन्यूजेनका प्रमुख कार्यकारी अधिकृत प्रमोद टन्डनले ऊर्जा खबरलाई बताए । ‘हामीले हरित हाइड्रोजन उत्पादन र त्यसको प्रयोगका क्षेत्रमा अध्ययन अनुसन्धान गरिरहेका छौँ,’ उनले भने, ‘यही क्रममा चलिरहेका गाडीलाई नै हाइड्रोजन फ्यूलबाटसमेत चल्ने गरी हाइब्रिड गाडीमा रूपान्तरण गरी चलाउन सकिने प्रविधिको परीक्षण सफल भएको हो ।’

तत्कालै हाइड्रोजनको पर्याप्त उत्पादन गर्न नसकिएकै अवस्थामा पनि गाडीमा हाइड्रोजन फ्यूल सकिनासाथ गाडी आफैँ पेट्रोलबाट चल्न थाल्ने उनले बताए । ‘तत्काल नयाँ हाइड्रोजन फ्यूल सेल जडान भएका हाइड्रोजन गाडी ल्याउन महँगो पर्छ,’ उनले भने, ‘आफूले चलाइरहेकै गाडीलाई हाइड्रोजनबाट पनि चल्न सक्ने बनाउनु हरेक हिसाबले लाभदायक हुन्छ ।’

यसमा अध्ययनरत संस्था रिन्युजेन र पुल्चोक क्याम्पसले अब ठूला बस तथा ट्रकमा पनि यस्तो प्रविधिको परीक्षण गर्ने टन्डनको भनाइ छ । नेपालमा केही समययता हरित हाइड्रोजन ऊर्जाको विकास तथा परीक्षणमा एकपछि अर्को सफलता प्राप्त हुँदै जानु राष्ट्रकै लागि खुशीको विषय भएको हरित हाइड्रोजन विकासका अभियन्ता नेत्र कार्कीले बताए ।

‘नेपालको हाइड्रोजन विकासमा काठमाडौँ विश्वविद्यालय (केयू) को ल्याबमा चाउचाउ उमालेर खाने परीक्षणदेखि खाना पकाउने र गाडी चलाउनेसम्मका एकपछि अर्को परीक्षण सफल भइरहेका छन्, यो खुसीको विषय हो,’ कार्कीले भने, ‘शून्य कार्बन उत्सर्जनको लक्ष्यतर्फ तीव्र गतिमा अगाडि बढ्न हाल सञ्चालनमा रहेका गाडीलाई हाइड्रोजनबाटसमेत चल्ने गरी रूपान्तरण गर्न सक्नु आर्थिक तथा पर्यावरणीय हिसाबले निकै लाभदायक मान्न सकिन्छ ।’

झन्डै एक वर्षअघि केयू र नेपाल इनर्जी फाउन्डेसनले संयुक्तरूपमा अध्ययन गरी केयूकै हाइड्रोजन ल्याबमा हरित हाइड्रोजन ऊर्जाले चल्ने चुलोमा चाउचाउ उमालेर खाने कार्यको परीक्षण सफल भएको थियो । त्यसपछि, केयूले आफ्नै पहलमा हाइड्रोजन रिफ्यूलिङ स्टेसन निर्माण गरी त्यहाँबाट कारमा भरेर हाइड्रोजन कार चलाउने कार्यको सफल परीक्षण गरिसकेको छ ।

नेपाल इनर्जी फान्डेशनको पहलमा बागलुङकाे ब‍डिगाड गाउँपालिकामा हाइड्रोजनबाट खाना पकाउने कार्यको पनि परीक्षण सफल भयो । अहिले चलिरहेकै गाडीलाई हाइड्रोजनबाट समेत चल्ने गरी हाइब्रिडमा रूपान्तरण गरी चलाउने कार्यको परीक्षण सफल भएको छ ।

हाल नेपालसहित विश्वमै हाइड्रोजन ऊर्जाको उत्पादन र प्रयोगको होड चलिरहेको छ । निकट भविष्यको ऊर्जाको रूपमा हेरिएको हाइड्रोजनको उत्पादन र सहज प्रयोगबारे खोजकर्ताले सहज हुने अनेक प्रविधिको खोजमा दिनरात मेहनत गरिरहेका छन् । नेपालमा हाइड्रोजनको व्यावसायिक उत्पादन, व्यापार र प्रयोगका लागि हाइड्रोजन नीति २०८० निर्माण गरिएको भए पनि यससम्बन्धी ऐन तथा निर्देशिका (कानून) अझै बन्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३