विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको सेयर आवेदन खुल्ला भएको छ । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको करिब १३ लाख कित्ता सेयर आवेदन खुल्ला गरेको हो । 

कम्पनीले सर्वसधारणका लागि जारी पूँजी १ अर्ब रुपैयाँको १५ प्रतिशत अर्थात १५ करोड रुपैयाँ बराबरको सेयर छुट्याएको थियो । त्यसमध्ये वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकहरूका लागि १० प्रतिशत र सामूहिक लगानी कोषका लागि ५ प्रतिशत सेयर निष्कासन तथा बाँडफाँड गरी बाँकी रहेको १२ लाख ७५ हजार कित्ता सेयर र स्थानीयमा अवितरित ९ हजार २ सय कित्ता थप गरी जम्मा १२ लाख ८४ हजार २ सय कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको कम्पनीले जनाएको छ । 

कम्पनीले पहिलो चरणमा प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि सेयर निष्कासन तथा बाँडफाँड गरी दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरेको हो । सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन पाउनेछन् । आवेदकले छिटोमा असोज २२ गतेसम्म र ढिलोमा कात्तिक २ गतेसम्म आवेदन दिन पाउनेछन् । 

कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ । कम्पनीले रसुवामा निर्माण गरिरहेको १४.३ मेगावाटको माथिल्लो मैलुङ खोला जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३