विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीको सेयर आवेदन खुल्ला भएको छ । कम्पनीले रसुवामा सञ्चालित ५ मेगावाटको मैलुङ खोला जलविद्युत आयोजनाको सर्वसाधारका लागि छुट्याएको साधारण सेयर आवेदन खुल्ला भएको हो ।

सय रुपैयाँ अंकित ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता सेयर निष्कासन गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार निष्कासन भएको सेयरमध्य २ प्रतिशत अर्थात १४ हजार ७ सउ २६ कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८ सय १४ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ ।

बाँकी ६ लाख ८४ हजार ७ सय ४६ कित्ताका लागि सर्वसाधारणका लागि खुल्ला गरिएको छ । सर्वसाधारणले छिटोमा साउन १८ गतेसम्म र ढिलोमा २८ गतेसम्म आवेदन दिन सक्नेछन् । सर्वसाधारणले न्यूनतम १० कित्ताका देखि अधिकतम १ लाख कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक चयन गरिएको छ । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको निष्कासन गरी बाँडफाँड गरिसकेको छ ।

यो कम्पनीले ३ वर्षदेखि बोर्डको स्वीकृति पर्खिरहेको थियो । कम्पनीले २०७४ माघ १८ गते आवेदन दिएको थियो । यो कम्पनीले आवेदन दिएको साढे ३ वर्ष पछि  सेयर निष्कासनको अनुमति पाएको हो । कम्पनीले निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको आयोजनाले २०७१ असार १९ गतेदेखि विद्युत उत्पादन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३