विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बुटवल पावर कम्पनी (बिपिसी) को बोनस सेयर नेपाल स्टक एस्कचेञ्ज (नेप्से) मा सूचिकृत भएको छ । कम्पनीको बोनस सेयर मंगलबार सूचिकृत भएको हो । 

आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्नो सेयरधनी सदस्यलाई वितरण गरेको १० प्रतिशत बोनस सेयर सूचिकृत भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार २४ लाख ४९ हजार ६ सय ६३ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १० प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गरेको थियो ।

कम्पनीको लगानी रहेका १२ मेगावाटको झिमरुक, ९.४ मेगावाटको आँधीखोला र ४ मेगावाटको खुदी जलविद्युत आयोजना सञ्चालनमा छन् । 

सहायक कम्पनीमार्फत ३० मेगावाटको न्यादीको पनि निर्माण पूरा गरेर परीक्षण समेत सकिएको छ । यस्तै, ३६.४ मेगावाटको काबेली ‘ए’ निर्माणाधीन छन् । १३९.२ मेगावाटको तल्लो मनाङ मस्र्याङ्दी, १६० मेगावाटको मुगु कर्णाली, ७.९ मेगावाटको चिनो खोला, मस्र्याङ्दी क्यासकेड आयोजना अघि बढाउने गरी अनुमति पत्र लिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit