विद्युत अपडेट

  • प्राधिकरण : ९२३० मे.वा.घन्टा
  • सहायक कम्पनी : १८१९० मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७०१० मे.वा.घन्टा
  • आयात : १२९ मे.वा.घन्टा
  • निर्यात : २१८३५ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७४५६० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३३६९ मे.वा.
२०८३ साउन १३, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले सडक सुरक्षा र सहरी सौन्दर्यीकरण योजना बनाउने भएको छ । मुख्य सहरी सडकको बीच भागमा रहेका तथा सडक विस्तार, यातायात सञ्चालन र सार्वजनिक सुरक्षामा असर पुर्‍याइरहेका विद्युत् पोल स्थानान्तरणका लागि स्थानीय तह, सडक विभागलगायत सम्बन्धित सरोकारवाला निकायसँग समन्वय गरी योजना बनाउने भएको हो ।

आर्थिक वर्ष २०८३र८४ को कार्यक्रम अन्तर्गत प्राधिकरणले योजना बनाएर ुस्थानीय निकायका मुख्य सहरको सडक बीचको पोल स्थानान्तरण तथा सडक सुरक्षा आयोजनाु सञ्चालन गर्न लागेको हो । कार्यक्रम कार्यान्वयनका लागि स्थानीय तहले आफ्नो क्षेत्रभित्र सडकको बीचमा रहेका, दुर्घटनाको जोखिम बढाइरहेका वा सडक विस्तारमा अवरोध गरिरहेका पोलको स्थान पहिचान गरी प्राधिकरणको सम्बन्धित वितरण केन्द्रसँग समन्वय गर्नुपर्ने छ ।

प्राधिकरणले स्थानीय तह, सडक विभाग तथा अन्य सम्बन्धित निकायका योजना र कार्यक्रमसँग दोहोरो नपर्ने गरी प्रस्ताव तयार गर्न आग्रह गरेको छ । प्रस्तावमा सम्बन्धित जिल्ला, स्थानीय तह, वडा, सडक वा स्थानको नाम, स्थानान्तरण गर्नुपर्ने पोलको संख्या, तार तथा आवश्यक सामग्रीसहित अनुमानित लागत र कामको प्राथमिकता उल्लेख गर्नुपर्नेछ ।

वितरण केन्द्रले आफ्नो क्षेत्र अन्तर्गत ‍कार्यक्रम तयार गरेपछि प्रादेशिक वा डिभिजन कार्यालय मार्फत कार्यक्रम अगाडि बढ्नेछ । सडकको बीचमा रहेका पोल स्थानान्तरण भएपछि सवारी दुर्घटनाको जोखिम कम हुने, सडक विस्तार र फुटपाथ निर्माण सहज हुने तथा सार्वजनिक यातायात सञ्चालन थप सुरक्षित र व्यवस्थित हुने अपेक्षा गरिएको छ ।

यसैगरी, भूमिगत प्रणाली सञ्चालनमा आएका क्षेत्रमा प्रयोगविहीन तथा अव्यवस्थित पुराना पोल, तार र केबल हटाउने कार्यक्रम पनि अघि बढाइने भएको छ । भूमिगत विद्युत् प्रणाली तयार भए पनि सडकमा पुराना पोल र तार रहिरहँदा सहरको दृश्य सौन्दर्यमा अपेक्षित सुधार हुन नसकेको तथा सडक र पैदल मार्ग व्यवस्थापनमा समस्या देखिएको अवस्थालाई ध्यानमा राख्दै, पोल–तार व्यवस्थापन तथा सहरी सौन्दर्यीकरण आयोजना सञ्चालन गर्न लागिएको प्राधिकरणले जनाएको छ ।

सम्बन्धित वितरण केन्द्रले भूमिगत विद्युत् संरचना निर्माण भएका क्षेत्रको अवस्था पहिचान गरी प्रयोगमा नरहेका पोल र तार हटाउने, आवश्यक संरचना व्यवस्थित गर्ने तथा सडकको दीर्घकालीन विकास योजना अनुरूप सौन्दर्यीकरण कार्यक्रम तयार गर्नेछन् ।

प्राधिकरणका अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सरकारका सम्बन्धित मन्त्रालय, स्थानीय तह, सडक विभाग तथा अन्य सरोकारवाला निकायबीच प्रभावकारी समन्वय गरी कार्यक्रम कार्यान्वयन गर्न निर्देशन दिएको छ । फरक निकायले एउटै स्थानमा छुट्टा छुट्टै समयमा काम गर्दा हुने दोहोरो खर्च, सडकको पटक पटक उत्खनन, सार्वजनिक असुविधा र विद्युत् आपूर्तिमा हुने अवरोध कम गर्न एकीकृत योजना र समन्वयमा जोड दिइएको छ ।

प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख राजन ढकालले प्रादेशिक तथा डिभिजन कार्यालयहरूलाई सम्बन्धित वितरण केन्द्र र स्थानीय तहसँग तत्काल समन्वय गरी प्राथमिकताका आधारमा कार्यक्रम तयार गर्न निर्देशन दिएका छन् । उनको सक्रिय पहलमा उपलब्ध स्रोत र सामग्रीको अधिकतम उपयोग गर्ने, पुनः प्रयोग गर्न सकिने पोल तथा अन्य सामग्रीको उचित व्यवस्थापन गर्ने र कामका क्रममा विद्युत् आपूर्तिमा हुने अवरोध न्यूनतम राख्ने गरी योजना अघि बढाइएको प्राधिकरण स्रोतले जनाएको छ । यो योजना कार्यान्वयन हुँदा सडक सुरक्षा, विद्युत् पूर्वाधार व्यवस्थापन र सहरी सौन्दर्यीकरणमा लक्षित उपलब्धि हासिल गर्न सकिने प्राधिकरणले जनाएको छ ।


 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३