विद्युत अपडेट

  • प्राधिकरण : ८५९४ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३८९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ५००४६ मे.वा.घन्टा
  • आयात : ११८ मे.वा.घन्टा
  • निर्यात : १८४२३ मे.वा.घन्टा
  • ट्रिपिङ : ० मे.वा.घन्टा
  • ऊर्जा माग : ७२६५४ मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : ३१०२ मे.वा.
२०८३ असोज ९, शुक्रबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । नेपालले चालु आर्थिक वर्ष (आव) २०८३/८४ को पहिलो दुई महिनामा ६५ अर्ब ४९ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको खर्चको तुलनामा ७३ प्रतिशतले बढी हो ।

भन्सार विभागको तथ्याङ्क अनुसार समीक्षा अवधिमा नेपालको कुल आयात परिमाणमा जीवाश्म इन्धनको हिस्सा १६.३१ प्रतिशत रहेको छ । सो अवधिमा कुल आयात ४ खर्ब १ अर्ब ५१ करोड रुपैयाँ रहेको छ ।

आयात मूल्यमध्ये पेट्रोलमा १६ अर्ब १३ करोड, डिजेलमा २८ अर्ब ३ करोड र हवाई इन्धनमा ५ अर्ब २२ करोड रुपैयाँ खर्च गरेको छ । त्यसैगरी, यो वर्ष साउनदेखि भदौसम्म १६ अर्ब २ करोड बराबरको खाना पकाउने ग्यास (एलपिजी) आयात गरिएको छ ।

गत आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालले ३७ अर्ब ८६ करोड बराबरको पेट्रोलियम पदार्थ आयात गरेको थियो । जसमध्ये १० अर्ब ५८ करोडको पेट्रोल, २ अर्ब ८५ करोडको हवाई इन्धन, १४ अर्ब ९१ करोडको डिजेल र ९ अर्ब ४३ करोडको खाना पकाउने ग्यास रहेको थियो ।

भन्सार विभागका अनुसार नेपालको आयात ३१.५८ प्रतिशतले बढेको छ । त्यसैगरी, निर्यात परिमाण ६१.६८ प्रतिशतले बढेर रु ७६.५८ अर्ब पुगेको छ । व्यापार घाटा भने २६.०२ प्रतिशतले बढेर रु ३२४.९३ अर्ब पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३