विद्युत अपडेट

  • प्राधिकरण : ६८९२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ४१५० मे.वा.घन्टा
  • निजी क्षेत्र : १२३४२ मे.वा.घन्टा
  • आयात : १३२५१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २४०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९०३५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९०१ मे.वा.
२०८१ चैत २३, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सप्तरीको हनुमाननगर नगरपालिका–१३ स्थित श्रीलंका टापु (गोबरगाढा) मा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत सेवा पुगेको छ । नेपाल विद्युत प्राधिकरण राजविराज वितरण केन्द्रले वितरण लाइन विस्तार गरी श्रीलंका टापुमा विद्युत सेवा पुर्याएको हो ।

साढे २ करोड रुपैयाँ लागतमा विद्युतीकरण विस्तार गरी दुर्गम गाउँमा विद्युत सेवा पहुँच पुर्याएको विद्युत प्राधिकरण राजविराज वितरण केन्द्र प्रमुख अमोदकुमार यादवले बताए । उनका अनुसार ७० घरधुरीमा पहिलो विद्युत सेवा पहुँच पुर्याइएको हो ।

‘अहिलेसम्म यो गाउँका स्थानीयको दैनिक परम्परागत ऊर्जाको स्रोतमा निर्भर थियो,’ उनले ऊर्जा खबरसँग भने, ‘विद्युतकरण विस्तार गरी विद्युतको पहुँच पुगेपछि स्वच्छ ऊर्जा उपयोग गर्न पाएका छन् ।’ उनले विद्युत पहुँच पुगेपछि बत्ती बाल्न तथा विद्युतीय उपकरण चलाउन पाउँदा दैनिक सहज हुन थालेको बताए ।

हनुमाननगर नगरपालिकादेखि करिब साढे ५ किलोमिटर ११ केभी वितरण लाइन निर्माण गरी विद्युत सेवा विस्तार गरिएको छ । गाउँमा ५० केभीएको ट्रान्सफर्मर राखेर विद्युत सेवा प्रवाह गरिएको छ । गाउँमा विद्युतीकरण गर्न ११ केभी हाइ टेन्सन लाइनको १ सय १८ वटा पोल खडा गरिएको छ । लो टेन्सन लाइनको ५० वटा पोल राखिएको छ ।

संरचना निर्माणको काम थालेको २ वर्षमा गाउँमा विद्युत पहुँच पुर्याउन सफल भएको वितरण केन्द्रले जनाएको छ । राष्ट्रिय प्रसारण प्रणाली विस्तार भई गाउँमा उज्यालो पुगेपछि स्थानीय हर्सित बनेका छन् । गाउँमा विद्युत पुगेपछि बत्ती बाल्न, मोबाईल चार्ज गर्न, विद्युतीय उपकरण चलाउन र कुटानी पिसानी गर्ने मिल सञ्चालन गर्न सहज भएको स्थानीय बताउँछन् ।

श्रीलंका टापुमा विद्युत पुगेपछि सप्तरी जिल्लामा पूर्ण विद्युतीकरण भएको पनि यादवले जानकारी दिए । जिल्लामा ९ वटा गाउँपालिका र ९ वटा नगरपालिका छ । यी सबै स्थानीय निकायमा विद्युत पहुँच पुगिसकेको छ । वितरण केन्द्रअन्र्तगत विद्युत प्राधिकरणको विद्युत सेवा लिने करिब ५५ हजार ग्राहक छन् । 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३