images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सूर्य इनर्जी प्रालिले गोरखा जिल्लाको चुमनुव्री गाउँपालिकामा अघि बढाएको ९१.१५ मेगावाटको बुढीगण्डकी नदी जलविद्युत आयोजनाको काम ५ वर्षभित्र पूरा गर्ने भएको छ । वातावरणीय मूल्यांकन अध्ययन (इआइए) प्रतिवेदन तयारीको काम सकिएको आयोजनाबाट निर्माण सुरु भएकाे ५ वर्षभित्र उत्पादन गर्ने  लक्ष्य राखिएको हो ।

इआइएका अनुसार आयोजना सम्पन्न गर्न १२ अर्ब ६५ करोड रुपैयाँ लागत लाग्ने देखिएको छ । जसमा प्रतिमेगावाट लागत १२ करोड ३६ लाख १२ हजार रुपैयाँ रहेको छ ।

कम्पनीले आयोजनाको इआइए स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालय पठाएको छ । मन्त्रालयले कम्पनीलाई स्वीकृत दिनका लागि सरोकारवाला निकायसँग राय/सुझाव माग गरेको छ । इच्छुक सरोकारवाला, निकायहरूले आगामी एक साताभित्र आफ्नो राय/सुझाव पठाउनुपर्नेछ ।

प्रस्तावित आयोजना रन अफ रिभर  प्रकारको हुनेछ । यसको ग्रस हेड २०२.२० मिटर र नेट हेड १८८.९० मिटर हुनेछ । आयोजनाको हेडरेस टनेल ५५१५ मिटर हुनेछ । आयोजनाको भूमिगत विद्युतगृह बुढी गण्डकी नदीको दाँया किनारमा निर्माण हुनेछ । प्रस्तावित विद्युतगृहको लम्बाइ ४० मिटर, चौडाइ १३.५ र उचाइ २४.२५ मिटर रहनेछ ।

जग्गा

आयोजनाको विभिन्न संरचनाहरूको निर्माणका लागि कुल १५.५२ हेक्टर जग्गा आवश्यक पर्ने अध्ययनले देखाएको छ । जसमा १०.३२ स्थायी र ५.२ अस्थायी रुपमा आवश्यक पर्नेछ । स्थायीमध्ये ७.०२ हेक्टर जग्गा मनास्लु संरक्षण क्षेत्रबाट र ३.३ हेक्टर निजी जग्गाबाट प्रयोग गरिनेछ । अस्थायीमध्ये ३.७ हेक्टर मनास्लु संरक्षण क्षेत्रबाट र १.५ हेक्टर निजी क्षेत्रबाट प्रयोग हुनेछ । मनास्लु क्षेत्रबाट ४०९ र निजी जग्गाबाट २० वटा साना ठूला रुखहरु कटान गरिनेछ ।

ऊर्जा उत्पादन

आयोजना पूरा भएपछि वार्षिक ४९३.१ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । जसमा सुख्खा मौसममा १५६.९७ गिगावाट घन्टा र वर्षा मौसमममा २१०.६५ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।

प्रसारण लाइन 

आयोजनाबाट उत्पादन हुने विद्युत २२० केभी प्रसारण लाइनमार्फत ४० किलोमिटर लामो प्रसारण लाइनमार्फत लपन सबस्टेसनमा जोडिने छ ।

६५७ जनाले राेजगार पाउने

आयोजना निमर्माण अवधिभरका लागि दक्ष तथा अदक्ष गरी ६५७ जना कामदारहरू आवश्यक पर्ने देखिएको छ । जसमा ३९७ जना दक्ष र ६७ जना अर्धदक्ष र १९४ जना अदक्ष जनशक्ति आवश्यक पर्ने कम्पनीले जनाएको छ । आयोजना निर्माणका चरणमा प्रवर्द्धक कम्पनीका लागि ३८ जना दक्ष, ६ जना अर्धदक्ष र ९ जना अदक्ष गरी ५२ जना जनशक्ति आवश्यक पर्नेछ । निर्माण व्यवसायीका लागि ३४० जना दक्ष, ६१ जना अर्धदक्ष र १८५ जना अदक्ष गरी ५८६ जनशक्ति र परामर्शदाताका लागि १९ दक्ष जनशक्ति आवश्यक पर्ने अध्ययन प्रतिवेदनले देखाएको छ । यसैगरी, आयोजना सञ्चालनमा आएपछि ३५ जनाले स्थायी रुपमा रोजगारी पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit