विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २८, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । देशको विभिन्न ठाउँमा पहिचान भएको ६ जलविद्युत आयोजनाले अध्ययन अनुमतिका लागि विद्युत विकास  विभागमा आवेदन दिएका छन् । निजी ऊर्जा प्रवर्द्धकले पहिचान गरेका उक्त आयोजनाले अध्ययन अनुमतिका लागि आवेदन दिएका हुन् । 

विभागमा अनुसार वैशाख र जेठमा २५२.५ मेगावाटका ६ जलविद्युत आयोजनाले अध्ययन अनुमतिका आवेदन दिएका हुन् । बैशाखमा २४७.५ मेगावाटका ५ र जेठमा ५ मेगावाट एक जलविद्युत आयोजनाले अध्ययन अनुमतिका लागि आवेदन दिएको विभागकाे तथ्यांकमा उल्लेख छ । 

आवेदन दिएका आयोजनामध्ये सबै भन्दा ठुलो २०३ मेगावाटको माथिल्लो बुढीगंगा जलविद्युत आयोजना रहेको छ । नबिल डेभलपर्स लिमिटेडले पहिचान गरेको यस आयोजनाले २०८० बैशाख २९ गते अध्ययन अनुमतिका लाग आवेदन दिएको थियो । 

यसैगरी, २३ मेगावाटको घातगंगा जलविद्युत आयोजनाले २०८० बैशाख ३ गते अध्ययन अनुमतिका लागि आवेदन दिएको छ । माइलस्टोन इनर्जी प्रालिले पहिचान गरेकाको उक्त आयोजनाको अध्ययन अनुमतिका लागि विभागमा आवेदन दिएको हो ।

एम ए इनर्जी भेन्चर्स प्रालिले १४.९ दरौडी मर्स्याङदीका लागि २०८० बैशाख ५ गते, दुर्गा लक्ष्मी इनर्जी लिमिटेडले सान्लो खोलाका लागि २०८० बैशाख ६ गते, र सिसा पावर लिमिटेडले २ मेगावाटको सिसा खोला–ए काे अध्ययन अनुमतिका लागि २०८० बैशाख २९ गते विभागमा आवेदन दिएका थिए । यसैगरी, ५ मेगावाटको भुरुण्डी खोलाले २०८० जेठ ७ गते अध्ययन अनुमतिका लागि आवेदन दिएको विभागको वेपसाइटमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit