विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । कास्कीको मादी गाउँपालिकामा निर्माणाधीन २४ मेगावाटको मादमे खोला जलविद्युत आयोजनामा बाढी/पहिरोले ठूलो क्षति पुर्याएको छ । असार लाग्नासाथ निरन्तर परिरहेको झरीका कारण मादमे खोलामा पानीको बहाब अत्याधिक बढ्दा आयोजनामा क्षति पुगेको हो ।

भीषण वर्षा भई पहिरो आउँदा निर्माणाधीन ७ किलोमिटर लामो पहुँचमार्गको ७५ प्रतिशत भाग पुरेको मादमे खोला हाइड्रो पावर कम्पनीकी कार्यकारी अध्यक्ष सुसन कर्माचार्यले जानकारी दिइन् । उनका अनुसार आयोजनाको विद्युत केवल, ४८ हजार ५ सय लिटर डिजेल, एक ड्रम ग्रेस ओइल, २ ड्रम हाइड्रो इलेक्ट्रिकल ओइल बाढीले बगाएको छ ।

साइटको क्याम्पको ४ वटा कोठा पहिरोले पुरेको छ । अहिलेसम्म पनि बाढीले गरेको क्षतिको पूर्ण विवरण आइसकेको छैन् । बाढीले गर्दा करिब १० करोड रुपैयाँ बढीको क्षति भएको उनले बताइन् ।

यसैगरी, सिन्धुपाल्चोकमा निर्माणाधीन ७.२७ मेगावाटको याम्बालिङ खोलामा पनि बाढीले क्षति पुर्याएकाे छ । लगातार आएको वर्षाले बलेफी खोलामा बाढी आउँदा साइट क्याम्पमा निर्माण गरिएको शौचालय, साइट अफिस भवन, स्टाफ क्वाटर, भान्सा घर बगाएको छ । विद्युतगृह र साइट क्याम्पको सुरक्षाका लागि बनाइएको संरक्षण पर्खाल (प्रोटेक्सन वाल) पनि बाढीले बगाएको याम्बालिङ हाइड्रोपावर कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अहिले सम्पर्क हुन नसक्दा पूर्ण विवरण प्राप्त भएको छैन् ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३