विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बागलुङको गलकोट नगरपालिकामा निर्माणाधीन ९.६ मेगावाटको दरम खोला जलविद्युत आयोजनाको काम ६० प्रतिशत पूरा भएको छ । दरम खोला हाइड्रो इनर्जी कम्पनीले निर्माण गरिरहेको आयोजनाको आधाभन्दा बढी काम सकिएको हो ।

आयोजनाको बाँध, पेनस्टक पाइप, विद्युतगृह लगायत सबै क्षेत्रको काम एकसाथ भइरहेको कम्पनीका सञ्चालक हरिप्रसाद सापकोटाले बताए । उनका अनुसार बाँध क्षेत्रको निर्माण अन्तिम चरणमा पुगेको छ ।

अब बाँध क्षेत्रको करिब ५ प्रतिशत काम मात्र बाँकी छ । पाइप आइनपुगेका कारणा ४.२ किलोमिटर लामाे पेनस्टक पाइप लाइनकाे काम भने अहिले राेकिएकाे छ । पेनस्टक पाइप आयाेजना स्थलमा आएपछि जडान गर्न सुरु गरिने उनले बताए । 

विद्युतगृहको पनि अर्थिङ राख्ने तयारी भइरहेको आयोजना प्रमुख शिशिर देवकोटाले बताए । उनका अनुसार विद्युतगृहको पनि काम १५ महिनाभित्र पूरा गरिनेछ । आयोजनाको सबै काम पूरा गरेर अबको डेढ वर्षभित्र विद्युत उत्पादन सुरु गर्ने लक्ष्य रहेको पनि देवकोटाले बताए ।

नेपाल विद्युत प्राधिकरणसँग ७.३ मेगावाटको विद्युत खरिद सम्झौता (पिपिए) गरे पनि पछि क्षमता विस्तार गरिएको कम्पनीले जनाएको छ । कम्पनीले विद्युत विकास विभागबाट २०७३ माघ २३ गते उत्पादन अनुमतिपत्र लिए संरचना निर्माण गर्न सुरु गरेकाे थियाे । 

आयोजनाबाट उत्पादन भएको विद्युत विद्युत प्राधिकरणका हरिचौर सुबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्नेछ ।

आयोजना सम्पन्न गर्न २ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा ७० प्रतिशत ऋण लगानी र ३० प्रतिशत स्वपूजी लगानी छ । आयोजनामा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) अगुवाईमा एनआइसी एसिया बैंकले पनि ऋण लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit