विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । आर्थिक वर्ष (आव) २०८०/८१ मा ७५४ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा थपिने अनुमान गरिएको छ । सरकारले आइतबार (जेठ १४ गते) सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७९/८० अनुसार आगामी आवमा उक्त क्षमताको विद्युत उत्पादन हुने अनुमान गरिएको हो ।

निर्माणाधीन, निर्माणको अन्तिम चरणका रहेका ३६ जलविद्युत आयोजनाको विद्युत प्रणालीमा थपिने अनुमान गरिएको छ । आव २०७९÷८० को अन्त्यसम्म ५७ विद्युत आयोजनाहरू सम्पन्न भई कुल ८११ मेगावाट जलविद्युत उत्पादन हुनेछ ।

हालसम्म कुल जडित क्षमता २७६६ मेगावाट पुगेको छ । २०७९ असारमा २१९० मेगावाट विद्युत जडित क्षमता रहेकोमा २१.७ प्रतिशतले वृद्धि भएको हो । नेपाल विद्युत प्राधिकरणको परियोजनाबाट ६६१ मेगावाट, सहायक कम्पनी मार्फत ४७८ मेगावाट र निजी क्षेत्रको परियोजनाबाट १५२७ मेगावाट विद्युत राष्ट्रिय ग्रीडमा जडान भएको छ । जलविद्युतबाट २४४९, सौर्य प्लान्टबाट ७५.०४, थर्मल प्लान्टबाट ५३.४, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबाट ८२ र चिनी मिलबाट सह–उत्पादन प्रविधि मार्फत ६ मेगावाट विद्युत उत्पादन भएको छ ।

सामुदायिक संस्था बाहेक विद्युत उपयोग गर्ने ग्राहकको सङ्ख्या २०७९ फागुनसम्म ५२ लाख २० हजार पुगेको छ । सामुदायिक संस्था अन्तर्गत विद्युत उपयोग गर्ने ग्राहकको सङ्ख्या ५ लाख ५० हजार रहेको छ ।

सरकारको पछिल्लो आँकडा अनुसार प्रतिव्यक्ति विद्युत खपत ३५१ किलोवाट (युनिट) पुगेको छ । आव २०७८÷७९ को फागुनसम्म ५७७२ गिगावाट घन्टा विद्युत खपत भएकोमा चालु आव २०७९/८० को फागुनसम्म ६७८९ गिगावाट घन्टा विद्युत खपत भएको छ । २०७९ फागुनसम्म ९५ प्रतिशत घरधुरीमा विद्युतको पहुँच पुगेको छ ।

चालु आवको फागुनसम्म भारतबाट १०११ गिगावाट घन्टा विद्युत आयात भएको छ । यस्तै, १०५३ गिगावाट घन्टा बराबरको विद्युत निर्यात भएको छ । आव २०७९/८० मा विद्युतको माग पूर्तिको लागि भारतबाट कुल १५४३ गिगावाट घन्टा विद्युत आयात र ४९३ गिगावाट घण्टा विद्युत निर्यात भएको थियो ।

२०७९ फागुनसम्म राष्ट्रिय प्रसारण लाइन (६६ केभी र सो भन्दा माथि) ५६६९ सर्किट किलोमिटर पुगेको छ । साथै, वितरण लाइन (३३ केभी र सो भन्दा कम) १ लाख ३६ हजार ५ सय ९५ सर्किट किलोमिटर पुगेको छ । २०७९ फागुनसम्म ७ सवस्टेसन निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आएका छन् । त्यसैगरी, १३२ केभीका विभिन्न प्रसारण लाइनका १०५ सर्किट किलोमिटर विस्तार भएको छ । ग्रिड सबस्टेसनको क्षमता ७१४९ एम.भि.ए. बाट ८०६४ एम.भि.ए. पुगेको छ ।

आव २०७९/८० को फागुनसम्म गार्हस्थ्य, औद्योगिक, व्यापारिक, निर्यात र अन्य क्षेत्रमा विद्युत खपत क्रमशः ३६.६ प्रतिशत, ३०.७ प्रतिशत, ६.७ प्रतिशत, १५.९ प्रतिशत र १०.१ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit