विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणकी पहिलो उप-कार्यकारी निर्देशक गोसाई केसीको निधन भएको छ । ललितपुरकाे जाउलाखेलमा सेनाको परिवारमा हुर्किएकी  केसीको निधन भएको हो ।

केही वर्षदेखि क्यान्सर रोगबाट पीडित केसीको पुस १७ गते (आइतबार) निधन भएको पारिवारीक स्रोतले जानकारी दिएको छ । साना जलविद्युत विकास समितिको अधिकृतको रुपमा जागिर शुरु गरेकी केसीले प्राधिकरणको पहिलो निर्देशक र उप–कार्यकारी निर्देशकको रुपमा ३० वर्ष बिताएकी थिइन् ।

विकास समिति २०४२ सालमा स्थापना भएको नेपाल विद्युत प्राधिकरणमा गाभिएपछि उनको प्रवेश प्राधिकरणमा भएको थियो । उनले १३ वर्षकै उमेरमा प्रवेशिका परीक्षा (एुसएलसी) पास गरेकी थिइन् । प्रशासनमा एमए गरी सानो ठिमी क्याम्पसमा सहायक प्राध्यापकको रुपमा केही समय काम गरेपछि विकास समितिमा जागिर सुरु गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३