विद्युत अपडेट

  • प्राधिकरण : १००११ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३४८१ मे.वा.घन्टा
  • निजी क्षेत्र : २८४८८ मे.वा.घन्टा
  • आयात : १०८२ मे.वा.घन्टा
  • निर्यात : ६७३५ मे.वा.घन्टा
  • ट्रिपिङ : ७०० मे.वा.घन्टा
  • ऊर्जा माग : ५३७६१ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६३६ मे.वा.
२०८२ असार ६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । सिन्धुलीमा निर्माणाधीन सुनकोसी–मरिन डाइभर्सजन आयोजनाको बाँध निर्माण कार्य जम्मा १९ प्रतिशत सकिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का नेतृत्वको टोलीले उक्त आयोजना अवलोकन गर्ने क्रममा शनिबार जलस्रोत तथा सिँचाई विभागका महानिर्देशक सञ्जीव बरालले यस्तो जानकारी गराएका हुन् । हालसम्म आयोजनाको बाँध निर्माणको प्रगति कम्तिमा ५० प्रतिशत पुग्नुपर्नेमा त्यसको आधा पनि प्रगति हुन नसक्नु दुःखको कुरा भएको उनले बताए ।

ठेकेदार रमन कन्ट्रक्सन कम्पनीले तीव्र गतिमा काम नगरेको र यस्तै अवस्थामा काम अघि बढ्ने हो भने ठेक्का सम्झौता तोडिने पनि उनले जानकारी गराए । कुल १४ अर्ब रुपैयाँको लागत अनुमान गरिएको आयोजनामा हालसम्म १ अर्ब २० करोड मोविलाइजेशन खर्च परिचालन गरिसकेको उनको भनाइ छ ।

स्मेक कन्सल्यान्टका प्रतिनिधी दिवस श्रेष्ठले आयोजना निर्माणको काम चित्तबुझ्दो नभएको बताउँदै समयमै काम सम्पन्न गर्न आफूहरुले ठेकेदार कम्पनीलाई निरन्तर खबदारी गरिरहेको बताए । आयोजनाको प्रगति विवरण सुनेपछि मन्त्री खड्काले उक्त बहुउदेश्यीय आयोजनाको काम तोकिएकै समयमा सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन् ।

‘आयोजना निर्माणको कामलाई तीव्र गतिमा अघि बढाउनुस्, काम तेकिएकै समयमा सक्ने गरी लाग्नुस्, काम गर्ने स्पिड बढाउनुस्, ⁠कार्यप्रगतिको आधारमा बजेटको अभाव हुँदैन,’ उनले भने । उर्जा मन्त्री खड्काले आयोजनाको ⁠१३.२ किलोमिटर सुरूङ निर्माण सकिएकोले पनि आयोजना चाँडो सक्नुपर्ने बताए ।

आयोजनाबाट १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ हुने र ३२ मेगावाट विद्युत् उत्पादन हुने र कुल पानीको १० प्रतिशत खानेपानी सुविधा उपलब्ध गराउने भएकोले सबै मिलेर काम गर्नुपर्ने बताए ।  

ठेकेदार कम्पनी रमन कन्ट्रक्सनका प्रतिनिधी रमन पटेलले विभागबाट हुने भुक्तानी बेलैमा नभएका कारण आयोजना निर्माणमा केही ढिलाई भएको भन्दै सरकारले सहयोग गरे आफूहरुले समयमै आयोजना सम्पन्न गर्ने बताए ।

सोही अवसरमा उर्जामन्त्री खड्काले उक्त आयोजनाको टनेल, पावरहाउस र हेडवक्सको अवलोकन तथा निरीक्षण गरेका थिए । मन्त्री खड्कासँगै मन्त्रालयका सहसचिव सुशीलचन्द्र आचार्य, मित्र बराललगायत मन्त्रालयका अधिकारीहरूको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३