काठमाडौं । अर्थ मन्त्री डा.प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै जलाशलय तथा बहुउद्देश्यीय जलविद्युत आयोजना, प्रसारण लाइन, सुरुङमार्ग लगायतका ठूला आयोजना विकास गर्न वैदेशिक लगानी ल्याउने घोषणा गरेका छन् । आज संसदको दुवै सदनमा बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
नेपालमा ठूला आयोजनाको पहिचान गरी पूर्व तयारीको काम सम्पन्न गरी वैदेशिक लगानीका लागि प्रस्ताव आह्वान गरिने बताएका हुन् । जलाशययुक्त जलविद्युत आयोजना, प्रसारण लाइनलगायतका पूर्वाधारमा लगानी गर्न स्थानीय मुद्रामा आधारित फण्ड जस्ता नविन वित्तिय उपकरणमार्फत वित्तिय पुँजी जुटाइनेछ ।