काठमाडौं । सरकारले उपत्यकाभित्र उद्योग उपत्यका बाहिर स्थापना गरे त्यस्ता उद्योगलाई ५ वर्षसम्मका लागि विद्युत्को डिमाण्ड शुल्क छुट दिने भएको छ । अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले शनिबार सार्वजनिक गरेको बजेट तथा कार्यक्रममा यस्तो घोषणा गरिएको हो ।
उपत्यकाभित्रका विभिन्न ठाउँमा रहेका उद्योगलाई मकवानपुर लगायत क्षेत्रमा स्थानान्तरण गरिने घोषणा गरिएको छ ।