विद्युत अपडेट

  • प्राधिकरण : ८५६८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८१२३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४३३२४ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : १८९०१ मे.वा.घन्टा
  • ट्रिपिङ : ० मे.वा.घन्टा
  • ऊर्जा माग : ६००१४ मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २८१० मे.वा.
२०८३ कार्तिक २७, शुक्रबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । संयुक्त ऊर्जा लिमिटेडले चौथो वार्षिक साधारणसभा सम्पन्न गर्दै आफ्ना सेयरधनीलाई ७.५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । आर्थिक वर्ष (आव) २०८२/८३ को आम्दानी तथा मुनाफाबाट उक्त लाभांश दिइने भएको हो ।

म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिकामा २१.३ मेगावाटको ठूलोखोला जलविद्युत् आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको कम्पनीले आगामी दिनमा साधारण सेयर (आइपिओ) निष्काशन गरी करिब ४७ मेगावाटको सानीभेरी निर्माणसमेत गरेको छ ।

ठूलो खोलाबाट २०८२ साल जेठ १ गतेदेखि व्यावसायिकरूपमा विद्युत् उत्पादन भइरहेको छ । यो नेपाली इन्जिनियरहरूको समूह र लगानीमा निर्माण भएको आयोजना हो । यसमा ठूलो संख्यामा गैरआवासीय नेपाली (एनआरएन) हरूको समेत लगानी रहेको छ ।

कम्पनीका अनुसार आव २०८२/८३ मा रु. १३ करोड ९६ लाख खुद मुनाफा (कर पछिको) आर्जन गरेको छ । साथै, कम्पनीको प्रतिसेयर आम्दानी रु. ११.७४ रहेको छ । समीक्षा वर्षमा कूल १०,०९,०४,४१७ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएकोमा ७,९२,०२,४३० युनिट (अर्थात् ७८.४९ प्रतिशत) विद्युत उत्पादन भएको जानकारी गराइएको छ ।

कम्पनीको जारी पुँजी रु. १ अर्ब ६० करोडको १० प्रतिशत अर्थात रु. १६ करोडको प्रतिसेयर रु. १०० अंकित दरका १६,००,००० कित्ता सेयर २१.३ मेगावाटको ठूलोखोला प्रभावित क्षेत्रका बासिन्दा (स्थानीय बासिन्दा) लाई र जारी पुँजीको १६ प्रतिशत अर्थात् रु. २५ करोड ६० लाखको प्रति सेयर रु. १०० अंकित दरका २५,६०,००० कित्ता सेयर सर्वसाधारणलाई गरी जम्मा ४१,६०,००० कित्ता सेयर प्राथमिक निष्कासन गर्ने योजना अगाडि बढाइएको छ ।

कम्पनीले सानी भेरी हाइड्रोपावर कम्पनी प्रालिद्वारा प्रवर्द्धित सानी भेरी – ३ (४६.७२ मेगावाट) मा प्रारम्भिक सार्वजनिक निष्कासन लगायतबाट प्राप्त हुने रकम लगानी गर्ने जनाइएको छ । हाल यस आयोजनाको प्रारम्भिक काम सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३