विद्युत अपडेट

  • प्राधिकरण : ७१६८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३९६५ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११६९९ मे.वा.घन्टा
  • आयात : १२५३९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २५५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७९२२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९१३ मे.वा.
२०८१ चैत २५, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सोलुखुम्बु जिल्लाको दूधकुण्ड नगरपालिकामा निर्माण सम्पन्न भएको १९.८ मेगावाटको माथिल्लाे सोलुखोला जलविद्युत आयोजनाको  आन्तरिक परिक्षण पूरा भएको छ । बेनी हाइड्रो पावर कम्पनी लिमिटेडले निर्माण गरेको आयोजनाको आन्तरिक परिक्षण पूरा गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन लागेको हो ।

आयोजनाको सिभिल संरचना, हाइड्रो मेकानिल, इलेक्ट्रोमकानिल उपकरण जडानलगायतका सबै काम सकाएर परीक्षण पूरा गरेको कम्पनीका प्रबन्ध निर्देशक गणेश कार्कीले बताए । ‘आयोजनाको विद्युत ग्रिडमा जोडिनु अघिको सबै काम पूरा भइसकेको छ’, उनले ऊर्जा खबरसँग भने, ‘नेपाल विद्युत प्राधिकरणका प्राविधिक टोलीले परीक्षण पूरा गरी शुक्रबार (चैत १७ गते) देखि राष्ट्रिय प्रणाली प्रणालीमा जोड्ने योजना छ ।’

आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएपछि प्राधिकरणलाई दुई साता निशुल्क विद्युत दिइनेछ,  त्यसपछि व्यापारीक उत्पादन सुरु हुने कम्पनीले जनाएको छ ।

आयोजनाले उत्पादन गर्ने विद्युत १३२ केभी सोलु कोरिडोर प्रसारण लाइनको तिन्ला सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ । आयोजनाको विद्युतगृहदेखि सबस्टेसनसम्म आवश्यक पर्ने १२ किलोमिटर प्रसारण लाइनको काम प्रवर्द्धक कम्पनीले नै निर्माण गरेको छ ।

आयोजना सम्पन्न गर्न ३ अर्ब ५४ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनाम एनएमबी बैंकको अगुवाईमा ४ बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन । बाँकी ३० प्रतिशत स्वपूँजी लगानी हो ।

त्यसअघि आयोजनाबाट २०७६ साल पुसमा नै विद्युत उत्पादन गर्ने पहिलो तालिका थियो । सुरुवातमा प्रसारण लाइनको समस्या, फेरि कोभिड–१९ महामारी लगायत विविध कारणले आयोजनाको विद्युत उत्पादन तालिका पटक–पटक प्रभावित भएको हो ।

आयोजनाको संरचना निर्माण गर्दा सुरुवातमा १८ मेगावाट क्षमतामा काम सुरु गरिएको थियो । आयोजना निर्माणाधीन अवस्थामै रहेका बेला क्षमता विस्तार गरी जडित क्षमता १९.८ मेगावाट बनाइएको हो ।

सोलु खोला बेसिनमा ८२ मेगावाटको तल्लो सोलु, ५ मेगावाटको जुनबेंसीलगायतका आयोजना निर्माणाधीन छन् । २३.५ मेगावाटको सोलु, ८६ मेगावाटको सोलुदूधकोसी निर्माण पूरा भई सञ्चालनमा आइसकेको छन ।

आयोजनाको थप विवरण

आयोजना नाम : माथिल्लाे सोलु खोला

प्रवर्द्धक : बेनी हाइड्रो पावर प्रोजेक्ट प्रालि

क्षमता : १९.८ मेगावाट

सुरुङ : २.४ किलोमिटर

सुरुको लागत : ३ अर्ब ५४ करोड रूपैयाँ (१८ मेगावाटका लागि अनुमान गरिएकाे लागत)

लगानीकर्ता वित्तिय संस्था : ७० प्रतिशत (एनएमबीको अगुवाईमा ४ बैंक) 

सबस्टेसन : तिन्ला

प्रसारण लाइन : १२ किलोमिटर

सुरुको व्यापारीक उत्पादन तालिका : २०७६ पुस, संशोधित : २०७७ पुस, पुन संशोधित : २०७९ चैत

सुरुको आयोजनाको क्षमता : १८ मेगावाट (क्षमता विस्तार :  १९.८ मेगावाट) 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३