विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । वर्षासँगैको बाढीले संरचनामा क्षति पुगेपछि १० मेगावाटको तल्लो मोदी–१ जलविद्युत केन्द्रको उत्पादन एक सातादेखि बन्द छ । निरन्तरको वर्षाले पानीको बहाव बढेर संरचनामा क्षति पुग्न थालेपछि जलविद्युत केन्द्रको उत्पादन बन्द हुन पुगेको हो ।

असार २२ गते राति आएको बाढीले आयोजनाको संरचनामा क्षति पुग्दा जलविद्युतगृहको उत्पादन बन्द भएको युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडका प्रबन्ध निर्देशक उपेन्द्र गौतमले बताए । उनका अनुसार क्षतिग्रस्त संरचनाको मर्मत गरेर उत्पादन सुचारु गर्ने तयारी भइरहेको छ ।

‘बाढीले आयोजनाको मुहान र ३ सय मिटर निकास नहरमा  क्षति पुर्याएको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘खोलाको पानी पनि लेदो मिसिएर आइरहेकाले मेसिन चलाउन कठिनाई भएपछि उत्पादन बन्द गर्नुपर्ने अवस्था आएको हो ।’

अहिले पनि खोलामा पानीको बहाव नघटेकोले क्षतिको यकिन विवरण प्राप्त हुन नसकेको गौतमले बताए । क्षतिग्रस्त संरचनाको मर्मतका लागि कर्मचारी तथा कामदार खटाइएको छ ।

क्षतिग्रस्त संरचना मर्मत गरेर आइतबारदेखि नै विद्युतगृह सञ्चालनको प्रयास गरिएको थियो । तर, खोलामा बाढी बढेर फेरि संरचनामा क्षति पुर्याएकाले उत्पादन बन्द रहेको कम्पनीले जनाएको छ ।

अहिले मर्मत कार्य भइरहेकाले आज (मंगलबार) साँझसम्ममा सञ्चालन गर्ने तयारी भइरहेको गौतमले जानकारी दिए । एक सातासम्म विद्युतगृह बन्द हुँदा विद्युत बिक्रीबाट हुने ८४ लाख रुपैयाँ बढी आम्दानी गुमेको छ ।

कम्पनीले विद्युत बिक्रीबाट दैनिक १२ लाख रुपैयाँ आम्दानी गर्दै आएको छ । कम्पनीले निर्माण सम्पन्न गरेको जलविद्युत केन्द्रले २०६९ मंसिर ९ गतेदेखि विद्युत उत्पादन सुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३