विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले अनलाइनमार्फत बिल भुक्तानी गर्दा सेवा प्रदायकलाई प्रतिकारोबार कमिसन दिने भएको छ । प्राधिकरण सञ्चालक समिति बैठकले आइतबार यस्तो निर्णय गरे पनि माइन्युटमा हस्ताक्षर हुन बाँकी रहेको स्रोतको भनाइ छ । यद्यपि प्राधिकरणले ५ सय रुपैयाँभन्दा माथिको भुक्तानीमा मात्रै कमिसन दिने निर्णय गरेको स्रोतले जनाएको छ ।

‘५ सय रुपैयाँभन्दा बढी रकम अनलाइन माध्यमबाट प्राधिकरणलाई तिर्दा प्रतिकारोबार ५ रुपैयाँ कमिसन दिने निर्णय भएको छ,’ स्रोतले भन्यो, ‘अनलाइन भुक्तानी प्रोत्साहनका लागि कमिसन दिने व्यवस्था गर्न लागिएको हो ।’ यसअघि प्राधिकरणले विद्युतीय भुक्तानी सेवा प्रदायकलाई कमिसन दिने गरेको थिएन । ‘हामीलाई यसबारे आधिकारिक जानकारी आइसकेको छैन । तर कमिसन दिने निर्णय सकारात्मक हो,’ भुक्तानी सेवा प्रदायक ई–सेवाको मातृ कम्पनी एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले भने, ‘यसअघि हामीले कमिसन पाउँदैनथ्यौं ।’

पछिल्ला वर्षमा विभिन्न सेवाका लागि अनलाइनमार्फत भुक्तानी गर्ने क्रम बढ्दो छ । प्राधिकरणले ग्राहकबाट उठाउने मासिक विद्युत् महसुल पनि अनलाइनमार्फत तिर्ने चलन बढेको प्राधिकरणको तथ्यांक छ । अहिले मासिक आठ लाख ग्राहकले अनलाइनमार्फत नियमित विद्युत् महसुल बुझाउने गरेका छन् । यसबाट प्राधिकरणले मासिक १ अर्ब रुपैयाँ हाराहारीमा महसुल संकलन गर्दै आएको छ । प्राधिकरणले मासिक रूपमा असुल्ने कुल महसुलको करिब २५ प्रतिशत हो यो । प्राधिकरणले मासिक ४ देखि ५ अर्ब रुपैयाँ महसुल संकलन गर्दै आएको छ ।

प्राधिकरणका कुल ४२ लाख ग्राहकमध्ये करिब ३० प्रतिशतको महसुल मासिक ५ सय रुपैयाँभन्दा कम हुन्छ । बाँकी ग्राहकको विद्युत् महसुल ५ सय रुपैयाँभन्दा बढी हुने अनुमान छ । प्राधिकरणलाई महसुल संकलन गर्न सहज बनाउँदै आएका भुक्तानी सेवा प्रदायकहरूले कमिसनका लागि प्राधिकरणलाई पटकपटक माग गर्दै आएका थिए । अनलाइनमार्फत महसुल भुक्तानी बढ्दा महसुल संकलन काउन्टर थप गर्न नपर्ने, कम जनशक्ति र स्रोत खर्च हुने भन्दै प्राधिकरणले केही वर्षयता अनलाइन भुक्तानीलाई प्राथमिकता दिइरहेको छ ।

कान्तिपुर दैनिक

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit