विद्युत अपडेट

  • प्राधिकरण : ७२१७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३००२ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७२८४ मे.वा.घन्टा
  • आयात : ६७ मे.वा.घन्टा
  • निर्यात : १७७०७ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६७५७० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २९९५ मे.वा.
२०८३ असोज ४, आईतबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । चालु आर्थिक वर्ष (आव) भित्रै राष्ट्रिय प्रसारणमा ९०० मेगावाट बिजुली थपिँदा आर्थिक क्षेत्र चलायमान हुने अपेक्षा गरिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार मौद्रिक नीति २०८०/८१ को अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै यस्तो अपेक्षा गरिएको हो ।

समीक्षा अनुसार चालु आवभित्र रसुवागढी १११ मेगावाट, साञ्जेन ४२.५ मेगावाट, मध्य भोटेकोसी १०२ मेगावाट, सानिमा मिडल तमोर ७३ मेगावाट लगायतका विभिन्न जलविद्युत् परियोजनाको निर्माण सम्पन्न भई ९०० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थप हुने क्रममा छ ।

यसैगरी, ९.७ मेगावाटको माथिल्लो इङ्वा खोला, १४.३ मेगावाटको माथिल्लो मैलुङ, ७.५ मेगावाटको माथिल्लो मिदिम, ७१ मेगावाटको नीलगिरि खोला क्यासकेड लगायतका आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।

यी आयोजना सञ्चालनमा आए मुलुकको उत्पादन सम्भाव्य क्षमता विस्तार भई थप विद्युत् निर्यात गर्न, उद्योगको क्षमता उपयोगमा सुधार ल्याउन र उद्योग क्षेत्रको गतिविधि चलायमान बनाउन सहयोग पुग्ने समीक्षाको अपेक्षा छ ।

चालु आवभित्र राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेमध्ये रसुवागढी र माथिल्लो इङ्वा खोलाको निर्माण पूरा भई सम्पूर्ण संरचनाको सफलरूपमा परीक्षण (ड्राइ टेस्ट) पूरा भइसकेको छ । यसैगरी, माथिल्लो मैलुङ र मिदिम खोलाको परीक्षण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३