विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख ११, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सुदुरपश्चिम प्रदेशको बझाङस्थित कालंगा नदी बेसिनमा निर्माणाधीन ३८.४६ मेगावाटकाे माथिल्लो कालंगागाड जलविद्युत आयोजना ८५ प्रतिशत पूरा भएको छ । सानीगाड हाइड्रो कम्पनीले निर्माण गरिरहेको आयोजना अन्तिम चरणमा पुगेको हो ।

बाँध क्षेत्रका संरचना निर्माणकाे  काम सकिएको आयोजना संयोजक सुनिल रेग्मीले बताए । उनका अनुसार मुख्य सुरुङ पूरा (ब्रेकथु) हुन अब ६५ मिटर बाँकी छ । आयोजनामा अडिटसहित सुरुङकाे लम्बाई  ८.१३७ किलोमिटर सुरुङ छ ।

‘आयोजनाको १ हजार १ सय ५० मिटर पेनस्टक पाइपमध्ये ५ सय मिटर राख्ने काम पूरा भएको छ’ उनले ऊर्जाखबरसँग भने ‘बाँकी ६ सय ५० मिटर पाइप लाइनको काम असारभित्र पूरा हुन्छ ।’ उनले विद्युतगृहको सिभिल संरचनाको काम पूरा भई उपकरण जडानको काम धमाधम भइरहेकाे पनि बताए । उपकरण जडानको काम पनि साउनभित्र पूरा गरिसक्ने लक्ष्य छ । 

संरचना निर्माणको काम पूरा गरेर आयोजनाबाट २०७८ भदौ तेस्रो सातादेखि विद्युत उत्पादन गर्ने लक्ष्य छ । आयोजनाबाट २०७७ असारदेखि उत्पादन सुरु गर्ने तालिका भए पनि भौगोलिक विकटता तथा कमजोर भौगोलिक अवस्थाका कारण सुरुङमा देखिएको  समस्याले सम्भव नभएकाे कम्पनीले जनाएकाे छ ।

आयोजनाले उत्पादन गर्ने विद्युत दार्चुलास्थित १३२/३३ केभी बलाँच सबस्टेसनमा जोडिनेछ । आयोजना पूरा गर्न ६ अर्ब ९४ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाइमा ८ बैंकले ऋण लगानी गरेका छन् ।

कालंगा बेसिनमा माथिल्लो कालंगा गाडसहित १५.३३ मेगावाटको कालंगा गाड र १०.७ मेगावाटको सानीगाड आयोजना निर्माणाधीन छन् । ३ वटै आयोजना एउटै समूहले निर्माण गरिरहेको हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit