विद्युत अपडेट

  • प्राधिकरण : ९०८१ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७७२० मे.वा.घन्टा
  • निजी क्षेत्र : ४६१७० मे.वा.घन्टा
  • आयात : २५८ मे.वा.घन्टा
  • निर्यात : २०९१२ मे.वा.घन्टा
  • ट्रिपिङ : १०० मे.वा.घन्टा
  • ऊर्जा माग : ७३३३० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३२६९ मे.वा.
२०८३ भदौ ९, मङ्गलबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ट्रान्सफर्मर जडान गर्नका लागि दाङ र सल्यानमा विद्युत लाइन काटेकाे छ । प्राधिकरण तुलसीपुर वितरण केन्द्र र सल्यान वितरण केन्द्रका २ फिडरकाे विद्युत लाइन ५ घन्टाका लागि काटिएकाे हाे ।

तुलसीपुर अन्तर्गत एयरपोर्ट फिडर र सल्यान वितरण केन्द्र अन्तर्गत सल्यान फिडरको सेवा बिहानैदेखि बन्द भएकाे प्राधिकरणले जनाएकाे छ । प्राधिकरणका अनुसार दुवै फिडर क्रसिङ व्यवस्थापन तथा नयाँ ट्रान्सफर्मर जडानका लागि सेवा आज (शुक्रबार) बिहान ९ बजेदेखि सेवा बन्द गरिएको छ । अवरुद्ध सेवा दिउसो २ बजेबाट सुचारु हुनेछ ।

लाइन बन्द हुँदा तुलसीपुरकाे एयरपोर्ट फिडर अन्तर्गतको गुल्मचोक आसपास, झुमरे, खर्चवा, मिलनचोक, घोराही रोड, प्रदेश प्रहरी कार्यालयलगायत स्थानकाे सेवा प्रभावित भएकाे छ । 

साथै, सल्यान फिडरबाट वितरण हुने, हर्नेटि, राम्री, कपुरकोट, सोलाबाड, टुनीबोट, लुहाम,लान्ति सितलपाटीलगायतका क्षेत्रको सेवा बन्द भइरहेको छ ।काम तोकिएको समयअगावै सम्पन्न भए निर्धारीत समयअगावै सेवा सूरु हुनेछ । 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३