विद्युत अपडेट

  • प्राधिकरण : ९२७६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०५४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३५११४ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १७०८५ मे.वा.घन्टा
  • ट्रिपिङ : १५० मे.वा.घन्टा
  • ऊर्जा माग : ५७५९४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६३३ मे.वा.
२०८१ भदौ २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । धादिङको गल्छीदेखि नुवाकोटको रातमाटे सबस्टेसनसम्म ८.५ किलोमिटर लामो २२० केभी क्षमताको विद्युत् प्रसारण लाइन निर्माण हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले धादिङको गल्छी गाउँपालिका– ८ मा रहेको मर्स्याङ्दी–काठमाडौँ २२० केभी प्रसारण लाइनको टावर नं. एपी–१९ र एपी–१९ए को मध्य बिन्दुदेखि नुवाकोटको बेलकोटगढी नगरपालिका–७ धनसरमा निर्माणाधीन रातमाटे सबस्टेसनमा लुप इन, लुप आउट गर्ने गरी उक्त क्वाड सर्किट प्रसारण लाइन निर्माण गर्न लागेको हो । यसका लागि प्राधिकरणले अनुमति माग गरी विद्युत् विकास विभागमा आवेदन पेश गरेको छ ।

यस प्रसारण लाइनबाट ११४७ मेगावाटसम्म विद्युत्  प्रसारण गर्न सकिने प्राधिकरणले जनाएको छ । यस आयोजना अन्तर्गत रातमाटे सबस्टेसनमा २२० केभीको बे एक्सटेन्सन समेत गरिने भएको छ ।

उक्त प्रसारण लाइन अन्तर्गत २९ वटा टावरहरू रहनेछन् । टावरको अधिकतम उचाइ ६९ मिटरसम्म रहने तथा टावरबीचको दूरी ५६३.०७ मिटर देखि १०४.१६ मिटरसम्म हुनेछ । 

प्राधिकरणका अनुसार आयोजना निर्माणका लागि कुल २६.२९ हेक्टर जमिन आवश्यक पर्ने र २९ वटा टावरका लागि स्थायी रूपमा २.५२ हेक्टर जग्गा आवश्यक पर्दछ । यस बाहेक विद्युत् मार्गको अधिकार क्षेत्रभित्र अन्तर्गत २३.२७ हेक्टर जग्गा आयोजनालाई आवश्यक पर्नेछ । यो प्रसारण लाइनको क्षेत्राधिकार (राइट अफ वे) मध्य विन्दुबाट १५/१५ मिटर दायाँ–बायाँ कायम गरिने भएको छ ।

प्रसारण लाइन निर्माण कार्य २८ महिनाभित्र सक्ने लक्ष्य राखिएको छ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३