विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सिन्धुपाल्चोकमा निर्माणाधीन याम्बालिङ खोला जलविद्युत आयोजनाको ७.२७ मेगावाट विद्युत असारभित्र राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । याम्बालिङ हाइड्रो पावर प्रालिले निर्माण गरेको आयोजनाको विद्युत प्रणालीमा थपिन लागेकाे हाे । 

जुगल गाउँपालिकामा निर्माणाधीन आयोजनाबाट दुई महिनाभित्र उत्पादन सुरु हुने कम्पनीका अध्यक्ष सुशन कर्मचार्यले बताईन । ‘आयोजनाको बाँध, इन्टेक, पानीमार्ग, विद्युतगृह सबै क्षेत्रको काम सकिएको छ’, उनले ऊर्जा खबरसँग भने, ‘हाइड्रो तथा इलेक्ट्रो मेकानिल उपकरण जडान काम पूरा गरी अन्तिम चरणको काम भइरहेको छ, बाँकी काम पूरा गरेर असारभित्र उत्पादन सुरु गरिनेछ ।’

आयोजनाबाट यसअघि नै सबै काम पूरा गरेर विद्युत उत्पादन सुरु गर्ने योजना थियो । तर, आयोजनाको ८० मिटर नेपाली सेनाले ब्लाष्टिङ नगरिदिदाँ काम ढिला भएको पनि कर्मचार्याले बताईन । 

आयोजनाको उत्पादन तालिका लम्बिदा खर्चसँगै बैंकको ब्याज प्रतिशत पनि बढेको कम्पनीले जनाएको छ । सुरुमा आयोजना सम्पन्न गर्न १ अर्ब ४५ करोड रुपैयाँ लागत अनुमान गरिएको थियो । विविध कारणले ढिला हुँदा प्रतिमेगावाट १ करोड रुपैयाँ थप हुने कर्मचार्याल बताईन ।

आयोजनामा लुम्बिनी बैंकको अगुवाईमा साग्रिला बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन् । बाँकी ३० प्रतिशत स्वपूँजी लगानी रहेको छ ।

आयोजनाबाट उत्पादन हुने विद्युत ३३ केभी प्रसारण लाइनमार्फत ७ किलोमिटर दुरीमा रहेको माथिल्लो बलेफी ‘ए’ जलविद्युत आयोजनाको स्वीचयार्डमा जोडिनेछ । विद्युत प्रवाह हुने लाइनको काम पनि सकिएको छ । लाइनमा ८९ वटा टावर निर्माण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit