विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रसुवामा निर्माण सुरु भएको करिब डेढ वर्षमा २० मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजनाको काम ६० प्रतिशत सकिएको छ । प्रवर्द्धक मल्टी इनर्जी हाइड्रो डेभलपमेन्ट प्रालिले २०७८ जेठदेखि निर्माण सुरु गरेको आयोजनाको आधा भन्दा बढी काम सकिएको हो ।

आयोजनाको बाँध, सुरुङ, विद्युतगृह, प्रसारण लाइन सबै क्षेत्रको काम एकसाथ अघि बढेको आयोजनाका निमित्त प्रमुख नारायण सुवेदीले बताए । उनका अनुसार बाँध क्षेत्रको ७० प्रतिशत काम सकिएको छ । यो क्षेत्रको वेयर र सेटलिङ बेसिनको काम बाँकी छ ।

‘आयोजनाको ३.८ किलोमिटर लामो सुरुङमध्ये २.६ किलोमिटर खन्ने काम सकिएको छ,’ उनले ऊर्जाखबरसँग भने, ‘बाँकी १.२ किलोमिटर सुरुङ आगामी चैत (५ महिना) भित्र पूरा गरिनेछ ।’ आयोजनाको विद्युतगृहको सिभिल संरचनाको काम सुरु गर्ने तयारी भइरहेको छ ।

आयोजनाको सिभिल संरचनाको काम नेपालकै वाइबा कन्स्ट्रक्सन कम्पनीले गरिरहेको छ । पहिले यो आयोजना इपिसिएफ (इन्जिनियरिङ, प्रोक्योरमेन्ट,कन्स्ट्रक्सन एण्ड फाइनान्स) मोडलमा निर्माण गर्ने गरी चिनियाँ कम्पनीसँग सम्झौता भएको थियो । तर, कोरोना (कोभिड–१९)  महामारीका कारण चिनियाँ कम्पनीका प्राविधिक तथा कामदार नेपाल आउन नसकेपछि ठेक्का तोडेर फेरि नेपाली कम्पनीलाई नै निर्माणको जिम्मा दिइएको हो ।

आयोजनाको सबै काम पूरा गरेर १ वर्षभित्र उत्पादन सुरु गर्ने लक्ष्य छ । निर्माण सुरु गर्दाखेरी उत्पादन तालिका २०८० बैशाख थियो, तर, विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीले गर्दा उत्पादन तालिका एक थप भएको छ । उत्पादन तालिका भन्दा अघि नै उत्पादन सुरु गर्ने योजनासहित काम भइरहेको सुवेदीले बताए ।

आयोजनाबाट उत्पादन हुने विद्युत साढे ५ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको चिलिमे हब सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन कम्पनीले आफैले निर्माण प्रक्रिया अघि बढाएको छ । लाइनको अध्ययन पूरा गरी इआइ (वातावरणीय प्रभाव मुल्यांकन) को प्रक्रियामा छ ।

आयोजना सम्पन्न गर्न ३ अर्ब ६५ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । कूल लागतको २५ प्रतिशत स्वपुँजी र ७५ प्रतिशत बैंकको ऋण लगानी छ । आयोजनामा सनराइज बैंकको अगुवाईमा सनसिटि बैंक र सिद्धार्थ बैंंकले लगानी गरेका छन् ।

आयोजनाबाट वार्षिक १३३.३ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । जसमा सुख्खायाममो उत्पादन ३४.७ गिगावाट घन्टा र बर्खायामको उत्पादन ९८.६ गिगावाट घन्टा हुनेछ । यो आयोजना लाङटाङ निुकुञ्ज क्षेत्रभित्र पर्दछ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३