विद्युत अपडेट

  • प्राधिकरण : ८०५० मे.वा.घन्टा
  • सहायक कम्पनी : १२३५० मे.वा.घन्टा
  • निजी क्षेत्र : ३९६९१ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५२०० मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६००९२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८२६ मे.वा.
२०८३ साउन ६, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । देशभरका होटल व्यवसायीको छाता संस्था होटल संघ नेपाल (हान) ले होटल क्षेत्रलाई उद्योग सरह विद्युत् उपलब्ध गराउन माग गरेका छन् ।

संघका अध्यक्ष विनायक शाह नेतृत्वको टोलीले आज उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई भेटेर होटल क्षेत्रलाई उत्पादन मुलक उद्योगले पाएको विद्युत् छुट सरहको सुविधा दिन माग गरेको हो ।

हानले होटलमा विद्युतीय चुल्हो राख्नका लागि आवश्यक नीति बनाउनुपर्ने, होटललाई समेत टाइम अफ डे (टीओडीं) मिटर प्रदान गर्ने व्यवस्था लागु गरी प्रोत्साहित नीति लिन मन्त्रीसमक्ष आग्रह गरेको छ ।

होटल व्यवसायीहरुले औद्योगिक व्यवसाय ऐन, २०५६ को दफा ३ बमोजिम होटल उद्योगमा दर्ता हुनुपर्ने र पर्यटन ऐन २०३५ को दफा १० बमोजिम होटल, लज, रिसोर्ट, पर्यटक स्तरमा दर्ता गराउन चाहेमा सरकारसमक्ष दर्खास्त दिनुपर्ने व्यवस्था बमोजिम पर्यटन विभागबाट स्तर निर्धारण भएका होटललाई अन्य उत्पादनमूलक उद्योग सरहको सुविधा दिन माग गरेका छन् ।

भेटमा ऊर्जामन्त्री खड्काले निजी क्षेत्र सुदृढ नभएसम्म राष्ट्रिय अर्थतन्त्र सुदृढ नहुने भन्दै निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति वर्तमान सरकारले लिएको बताएका थिए । मन्त्री खड्काले नेपालमा होटल क्षेत्रले ठूलो रोजगारी प्रदान गरेको भन्दै यसलाई अगाडि बढाउन सरकार लाग्ने स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३