विद्युत अपडेट

  • प्राधिकरण : ९०४९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०६३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२०६८ मे.वा.घन्टा
  • आयात : २१० मे.वा.घन्टा
  • निर्यात : १८१६४ मे.वा.घन्टा
  • ट्रिपिङ : २५ मे.वा.घन्टा
  • ऊर्जा माग : ६४४१५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८१४ मे.वा.
२०८१ असोज १, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । माण्डु हाइड्रोपावर लिमिटेडले आफ्ना शेयरधनीलाई १२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट कम्पनीको चुक्तापुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजारको १२ प्रतिशतले हुन आउने १२ करोड ३६ लाख ३६ हजार ४४० रुपैयाँ नगद लाभांश कर कट्टी गरी वितरण गर्ने भएको हो । असोज १४ गते बस्ने कम्पनीको १३ औँ वार्षिक साधारणसभाबाट लाभांश रकम पारित गरिने कम्पनीले जनाएको छ । 

त्यस्तै, भदौ ३१ गते कम्पनीको शेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गरिने भएकोले त्यसको अघिल्लो दिनसम्म कामय भएका शेयरधनीले मात्रै लाभांश प्राप्त गर्ने कम्पनीले जनाएको छ । 

कम्पनीले मकवानपुरको भीमफेदी गाउँपालिका वडा ८, इपा, दोभानस्थित बागमती नदीमा २२ मेगावाटको जलविद्युत् केन्द्र सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३