विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सिन्धुपाल्चोक जिल्लामा ७.५ मेगावाटको इन्द्रावती तेस्रो जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले १०ः५ अनुपातको सेयर निष्कासन अनुमति दिएपछि कम्पनीले असार २९ गतेदेखि सेयर निष्कासन गर्न लागेको हो । 

सय रुपैयाँमा अंकित ८२२,१४५,९७१.७८ रुपैयाँ बराबरको ८,२२१,४५९.७१७८ कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार हकप्रद सेयर निष्कासन पश्चात प्राप्त रकम २६.१५ मेगावाटको ३ जलविद्युत आयोजनामा लगानी हुनेछ ।

निर्माणाधीन १४.१५ मेगावाटको तल्लो इर्खुवामा १२.२७ करोड, ४.५ मेगावाटको तल्लो इन्द्रवतीमा ५६.१७ करोड रुपैयाँ लगानी गरिने कम्पनीले जनाएकाे छ । यसैगरी, सञ्चालनमा रहेकाे ७.५ मेगावाटको इन्द्रवती तेस्रो जलविद्युत आयोजनाकाे जिर्ण उपकरण फेरबदल गरिनेछ । यसका लागि १३.७७ करोड रुपैयाँ लगानी अावश्यक पर्नेछ ।

कम्पनीको सेयरमा साउन १८ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले हकप्रद सेयर निष्कासन गरी बाँडफाँड गर्न मुक्तिनाथ क्यापिटल लिमिटेडलाई  बिक्री प्रबन्धक तोकेको छ ।

कम्पनीको सिन्धुपाल्चोकमा निर्माण गरेको इन्द्रावती तेस्रो सञ्चालनमा छ । यस्तै, ४.५ मेगावाटको तल्लो इन्द्रावतीको पनि अध्ययन गरिरहेको छ । तोकिएको सयममा लक्षित प्रगति हासिल गर्न नसकेको भन्दै यसअघि खारेज भएको आयोजनाको पुनःअध्ययन अनुमति प्राप्त गरि अध्ययन थालेको हो । कम्पनीले ४० प्रतिशत निर्माण पूरा गरेपछि अनुमतिपत्र खारेज गरेर सरकारको बास्केटमा राखिएको थियो ।

यसैगरी, भोजपुरमा सहायक कम्पनीमार्फत १४.१५ मेगावाटको इर्खुवा खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको काम पनि अन्तिम चरणमा पुगेको छ ।
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit