विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । मेन्छियाम हाइड्रो पावर लिमिटेडले १६ करोड २७ लाख ७५ हजार रुपैयाँ  बराबरको सेयर सर्वसाधारणको लागि निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ ।

निष्कासन गर्न लागेको रकम मध्ये ५ करोड ४२ लाख ५८ हजार ३ सय रुपैयाँ बराबरको सेयर आयोजना प्रभावित क्षेत्र बासिन्दाहरूको लागि र १० करोड ८५ लाख १६ हजार ७ सय रुपैयाँ बराबरको सेयर सामूहिक लगानी कोष सहित सर्वसाधारणको लागि छुट्याएको छ । कम्पनीको सेयर निष्कासन बाँडफाँड गर्न एन आई सी एशिया क्यापिटललाई बिक्री प्रवन्धक ताेकिएकाे छ ।

कम्पनीले संखुवासभा जिल्लामा माथिल्लो पिलुवा खोलामा ४.७२ मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीको हाल जारी पूँजी ३७ करोड ९८ लाख ८ हजार तीन सय रुपैयाँ रहेको छ ।

सेयर निष्कासन पश्चात कम्पनीको जारी पूँजी तथा चुक्ता पूँजी ५४ करोड २५ लाख ८३ हजार तीन सय कायम हुनेछ । निर्माणधीन माथिल्लो पिलुवा खोला–२ जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit