विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ऊर्जा डेभलपर्सको सहायक कम्पनी सामलिङ्ग पावर कम्पनीले कात्तिक ४ गतेदेखि साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले इलाममा सञ्चालित ९.५२ मेगावाटको माईबेनी जलविद्युत आयोजनाको सर्वसाधारणका लागि छुट्याएको साधारण सेयर निष्कासन गर्न लागेको हो ।

सय रुपैयाँमा अंकित ७ करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख ३० हजार कित्ता सेयर निष्कासन गर्न लागिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार निस्कासन हुने सेयरमध्ये २ प्रतिशत अर्थात १४ लाख ६० हजार रुपैयाँ बराबरको १४ हजार ६ सय कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ ।

यस्तै, ५ प्रतिशत अर्थात ३६ लाख ५० हजार रुपैयाँ बराबरको ३६ हजार ५ सय कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइएको छ । र, बाँकी ७ लाख ७८ हजार ९ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । सर्वसाधारणले छिटोमा ९ गतेसम्म र ढिलोमा १८ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीको सेयर निष्कासन तथा बाँडफाँड गर्न नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ ।

कम्पनीले यसअघि पनि पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता सेयर निष्कासन गरी बाँडफाँड गरिसकेको छ ।

कम्पनीले निर्माण सम्पन्न गरेको माइबेनीले विद्युत उत्पादन गरिरहेको छ । आयोजनाको विद्युत गत भदौ २२ गते प्रणालीमा जोडिएको थियो । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit