विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । राष्ट्रिय प्रसारण प्रणालीको विद्युत प्रवाह हुने करिब तीन हजार सर्किट किलोमिटर प्रसारण लाइन निर्माणाधीन छन् । विद्युतीकरण र उपभोक्तालाई पर्याप्त, भरपर्दो, गुणस्तरीय तथा सुरक्षित विद्युत् आपूर्ति तथा वितरण हुने ४००, २२०, १३२, ६६ र ३३ केभी क्षमताका प्रसारण लाइन निर्माणाधीन छन् ।

विभिन्न क्षमताका २८५२ सर्किट किलोमिटर प्रसारण लाइन निर्माणाधीन रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार सबैभन्दा बढी १३२ केभीको ११११ सर्किट किलोमिटर प्रसारण लाइन निर्माणाधीन छन् ।

त्यस्तै, २२० र ४०० केभीको क्रमशः ९८८ र ७५४ सर्किट किलोमिटर प्रसारण लाइन निर्माणाधीन छन् । ६७५१ सर्किट किलोमिटर निर्माण अगाडि बढाउन प्रस्ताव गरिएको छ । १३२, २२० र ४०० केभीका क्रमश: ११४१, १७५२ र ३८५८ सर्किट किलोमिटर प्रसारण लाइन निर्माण प्रस्ताव गरिएको हो ।

विभिन्न क्षमताका १० हजार ४ सय ६९ एमभिए क्षमताका सबस्टेसनहरू निर्माणाधीन छन् भने १५ हजार ५ सय ६४ एमभिए क्षमताका सबस्टेसनहरू निर्माण प्रस्ताव गरिएको छ ।

नेपालको विद्युत प्रसारण प्रणालीमा बिगत ९ वर्षमा ३११८ किलोमिटर सर्किट प्रसारण लाइन थपिएको छ । लोडसेडिङको अन्त्यपछि विद्युतीकरण र उपभोक्तालाई पर्याप्त, भरपर्दो, गुणस्तरीय तथा सुरक्षित विद्युत् आपूर्तिलाई उच्च प्राथमिकतामा राखी काम गरिरहेको प्राधिकरणले प्रसारण र वितरणतर्फका पूर्वाधार संरचनाहरूको विस्तार र सुधारलाई व्यापक रुपमा अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३