विद्युत अपडेट

  • प्राधिकरण : ८२५० मे.वा.घन्टा
  • सहायक कम्पनी : १०९०८ मे.वा.घन्टा
  • निजी क्षेत्र : २६३५३ मे.वा.घन्टा
  • आयात : २९९५ मे.वा.घन्टा
  • निर्यात : ३८५९ मे.वा.घन्टा
  • ट्रिपिङ : ३० मे.वा.घन्टा
  • ऊर्जा माग : ४८५३६ मे.वा.घन्टा
  • प्राधिकरण : 0 मे.वा.
  • सहायक कम्पनी : 0 मे.वा.
  • निजी क्षेत्र : 0 मे.वा.
  • आयात : 0 मे.वा.
  • निर्यात : 0 मे.वा.
  • ट्रिपिङ : 0 मे.वा.
  • उच्च माग : २२७८ मे.वा.
२०८२ जेठ १९, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । बैतडीका १२२ सरकारी कार्यालयले बिजुलीको बिल नतिरेपछि नेपाल विद्युत् प्राधिकरणको बैतडी वितरण केन्द्र धमाधम लाइन काट्न थालेको छ । कन्द्रले बारम्बार सूचना प्रकाशित गरेर महसुल तिर्न आग्रह गर्दा पनि तिर्न अटेर गरेपछि कार्यालयले चैत १२ गतेबाट लाइन काट्न सुरु गरेको हो ।

‘पटक पटक ताकेता गर्दा पनि सरकारी कार्यालयहरूले अटेर गरेर महसुल नतिरेपछि लाइन काट्न थालेका हौँ,’ बैतडी वितरण केन्द्रका प्रमुख जनार्दन पौडेले ऊर्जा खबरसँग भने, ‘महसुल नतिर्ने सबै कार्यालयको लाइन काट्छौँ ।’

उनका अनुसार बैतडीमा सरकारी कार्यालयले १७ लाख ५१ हजार रुपैयाँ महसुल बक्यौता राखेका छन् । त्यस्तै यहाँ कुल ८९२ अन्य ग्राहकले पनि बक्यौता तिरेका छैनन् । अन्य ग्राहकसँग ६५ लाख ९९ हजार रुपैयाँ बक्यौता गरी कुल १ हजार १३ ग्राहकसँग ८३ लाख ५१ हजार रुपैयाँ महसुल असुल गर्न बाँकी रहेको उनले बताए ।

बक्यौता महसुल भुक्तानी नगर्ने सबै ग्राहकको लाइन क्रमशः काटिने केन्द्र प्रमुख पौडेलले बताए । कार्यालयले बिजुलीको बिल ३ महिना बाँकी राखेको अवस्थामा लाइन काट्ने गरेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३