विद्युत अपडेट

  • प्राधिकरण : ८८७३ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२०५८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२१४४ मे.वा.घन्टा
  • आयात : २५३ मे.वा.घन्टा
  • निर्यात : १५६५२ मे.वा.घन्टा
  • ट्रिपिङ : ९८० मे.वा.घन्टा
  • ऊर्जा माग : ६४३०७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८९२ मे.वा.
२०८१ कार्तिक २, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ऊर्जा खबरका सम्पादक लक्ष्मण वियोगी सम्मानित भएका छन् । सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघले आफ्नो २० औँ स्थापना दिवसका अवसरमा शुक्रबार आयोजित एक समाराेहबिच उनलाई सम्मान गरेको हो । 

पत्रकारितामार्फत ऊर्जा, जलस्रोत तथा जलवायु क्षेत्रको विकासमा पुर्‍याएको योगदानको कदर गर्दै महासंघले सम्पादक वियोगीलाई सम्मान गरेको हो । झण्डै दुई दशकदेखि ऊर्जा तथा जलस्रोत पत्रकारिता गर्दै आएका उनले २०६५ सालमा नेपाल समाचारपत्रबाट ऊर्जा बिट बनाएर कलम चलाउन शुरु गरेका थिए । नागरिक दैनिकमा साढे ४ वर्ष ऊर्जा पत्रकारिता गरेका वियोगी विगत ८ वर्षदेखि ऊर्जा खबरको सम्पादकको जिम्मेवारीमा छन् । 

सम्पादक वियोगीको कलम साहित्यिक क्षेत्रमा समेत उत्तिकै प्रखर सावित भएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३