विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । पिपुल्स पावर कम्पनीको सेयर आइतबार (भदौ १२ गते) बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको इलाममा निर्माणाधीन ४.९६ मेगावाटको पुवा खोला जलविद्युत आयोजनाकाे सर्वसाधारणका लागि गत साउन ३१ गतेदेखि भदौ ५ गतेसम्म निष्कासन तथा बिक्री खुल्ला गरेका सेयर बाँडफाँड भएको हो ।

कम्पनीको सेयर २ लाख २९ हजार ४ सय ६८ जनाले गोलाप्रथाबाट १० कित्ता र बाँकी २ जनाले ११ कित्ता पाएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार कम्पनीको सेयर भर्न अन्तिम दिनसम्म मागभन्दा ७.९३ गुणा बढी आवेदन परेको छ ।

कम्पनीका अनुसार सेयर किन्नका लागि आवेदन दिने १६ लाख ३१ हजार ३८ जनामध्ये १५ लाख ५१ हजार ४ सय १३ वटा आवेदन योग्य रहेका थिए भने दोहोरो आवेदनका कारण १ हजार ६ सय ८ तथा अन्य कारणबाट ३ हजार ५ सय ४ आवेदन रद्ध भएका थिए ।

कम्पनीले सय रुपैयाँ अंकित २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको २४ लाख ६७ हजार ४०० कित्ता सेयर निष्कासन गरेको थियो । निष्कासन भएको सेयरमध्ये २ प्रतिशत हुन आउने अर्थात ४९ हजार ३ सय ४८  कित्ता सेयर कम्पनीको कर्मचारीका लागि र ५ प्रतिशत हुन आउने अर्थात १ लाख २३ हजार ३ सय ७० कित्ता सेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड गरिएको छ । बाँकी रहेको २२ लाख ९४ हजार ६ सय ८२ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit