विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस ७, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मैलुङ्ग खोला जलविद्युत् कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरेकाे छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजका लागि कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले बिहीबार सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

यस दिन नेप्सेले कम्पनीको २.२२११ प्रतिशत बोनस सेयर समायोजन गरेको हो। समायोजनपश्चात कम्पनीको सेयरमूल्य ४६१ रुपैयाँ ७४ पैसा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको सेयरमूल्य समायोजन गरेको हो । साताकाे अन्तिम काराेबार दिन बिहीबार दोस्रो बजारमा कम्पनीको सेयर प्रतिकित्ता ४७२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

कम्पनीले काठमाडौँस्थित लैनचौर ब्याकेटमा १० औँ वार्षिक साधारणसभाका लागि चैत २९ गते (बिहीबार) बिहान ११ बजे सुरू हुने जानकारी दिएको छ ।

साधारणसभामा प्रबन्धपत्र तथा नियामावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने साथै लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव र चुक्ता पूँजीको २.२२११ प्रतिशतका दरले बोनस सेयर र त्यसको कर प्रयोजनार्थ ०.११६९ प्रतिशत नगद लाभांश वितरणबारेमा विशेष प्रस्ताव पारित गर्ने कम्पनीको योजना छ ।

कम्पनीले यस अवधिमा २५ मेगावाटको सिंगटी खोला जलविद्युत केन्द्रको विद्युत बिक्री गरी ११ करोड ५४ लाख ८१ हजार ९ सय १९ रुपैयाँ आम्दानी गरेको कम्पनीले जनाएको छ । कम्पनीको दोलखामा रहेको २५ मेगावाटको सिँगटी खोला जलविद्युत आयोजनाले २०७८ साउन १७ गते देखि नियमित विद्युत उत्पादन गरिरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३