विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीले २९ लाख ५१ हजार ९ सय २९ कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले लमजुङमा निर्माणाधीन १२ मेगावाटको दोर्दी–१ जलविद्युत आयोजनाको साधारण सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले साधारण सेयर निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । बोर्डबाट अनुमति मिलेपछि प्रतिकित्ता सय रुपैयाँ अंकित सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधारणका लागि निष्कासन गरी बाँडफाँड गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले २९ करोड ५१ लाख ९२ हजार ९ सय रुपैयाँ बराबरको सेयर निष्कासन अनुमतिका लागि बोर्डमा आवेदन दिएको छ । सेयर निष्कासन गरी बाँडफाँड गर्न सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक चयन गरिएको छ ।

कम्पनीले निर्माण गरिरहेको आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजना निर्माण पुरा भई उत्पादन भएका् विद्युत १३२ केभी दोर्दी कोरिडोरमा जोडिनेछ । आयोजनाको संरचनाको काम पुरा भएपनि प्रसारण लाइनकै कारणले विद्युत उत्पादन गर्न सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३