विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । पछिल्लो समय नेपालमा विद्युतीय चुलोको प्रयोग बढ्न थालेपछि पेट्रोलियम पदार्थको आयात घट्न थालेको छ । सरकारले उत्पादित विद्युत खपत बढाउन विद्युतीय चुलो, सवारी, उद्योगलाई प्राथमिकतामा राखेसँगै विद्युतीय सवारीको आयात बढ्न थालेको हो भने पेट्रोलियम पदार्थको आयात घटेको हो ।

गत आर्थिक वर्ष (आव) २०७९/८० मा पेट्रोलियम पदार्थको आयात घटेको भन्सार विभागको तथ्यांकमा छ । नेपालमा सबैभन्दा बढी आयात हुने शिर्ष स्थानमा हुने इन्धनको आयात घटेको हो । गत आवमा १ खर्ब ५३ अर्ब ७६ करोड ९९ लाख रुपैयाँ बराबरको १४ लाख ८ हजार ४ सय ९४ किलोलिटर डिजेल आयात भएको छ । अघिल्लो आव २०७८/७९ मा १ खर्ब ६८ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको १७ लाख ५४ हजार ९ सय ३३ किलोलिटर डिजेल आयात भएको तथ्यांकमा छ ।

गत आवमा ६६ अर्ब ८४ करोड ४८ लाख रुपैयाँको ६ लाख ८० हजार ८ सय ७ किलोलिटर पेट्रोल आयात भएको छ । अघिल्लो आवमा ७१ अर्ब ३८ करोढ ८२ लाख रुपैयाँ बराबरको ७ लाख ३८ हजार ५ सय ३६ किलोलिटर पेट्रोल आयात भएको थियो ।

गत आवको असार मसान्तसम्ममा ४ हजार ५० विद्युतीय सवारी साधन आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार ११ अर्ब ८४ करोड ८५ लाख ५ हजार रुपैयाँ बराबरको ४ हजार ५० वटा विद्युतीय गाडी आयात भएको छ ।

विभागले सार्वजनिक गरेकोे तथ्यांकअनुसार विद्युतीय गाडीको आयात बढेको देखिन्छ । उक्त विद्युतीय गाडी आयातबाट सरकारले ३ अर्ब ३० करोड ८४ लाख ८७ हजार रुपैयाँ बराबर राजश्व संकलन गरेको तथ्यांकमा उल्लेख छ ।

१० अर्ब ७८ करोड ८७ लाख रुपैयाँको ५० किलोवाटसम्मको ३७ सय ५९ वटा गाडी आयात भएको विभागले जनाएको छ । यसैगरी, ९४ करोड ६१ लाख रुपैयाँको ५१ किलोवाटदेखि १०० किलोवाटसम्मको २७२ वटा, ७ करोड ९७ लाख रुपैयाँको १०१ देखि २०० किलोवाटसम्मको १५ वटा र २ करोड ६२ लाख रुपैयाँको २०१ देखि ३०० किलोवाटसम्मको ४ वटा सवारी आयात भएको तथ्यांकमा छ ।

सरकारले बजेटमार्फत नेपालमा अत्यधिक माग भएका इन्ट्री लेभल ईभीमा भन्सार र अन्तःशुल्क १५ प्रतिशतसम्म बढाएको छ । ५० देखि १०० किलोवाटसम्मका विद्युतीय कारमा लाग्ने भन्सार महसुल र अन्तःशुल्क क्रमशः ५ र १० प्रतिशतले बढाइएको छ । त्यसैगरी, १०० देखि २०० किलोवाटसम्मका सवारी साधनको भन्सार र अन्तःशुल्क ३० प्रतिशतबाट घटाएर २० प्रतिशतमा झारेको छ । २००–३०० किलोवाटसम्मका विद्युतीय सवारी साधनमा भन्सार महसुल ४५ प्रतिशतबाट घटाएर ३० प्रतिशतमा झारेको छ भने विद्युतीय सवारीमा अन्तःशुल्क ३० प्रतिशतबाट घटाएर २० प्रतिशतमा झारिएको छ ।

३०० किलोवाटभन्दा बढी क्षमताका सवारी साधनमा ४५ देखि ६० प्रतिशतसम्मको भन्सार महसुललाई ४० प्रतिशत कायम गरिएको छ । यस दायरामा विद्युतीय सवारी साधनमा ४५ प्रतिशत अन्तःशुल्क कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit