विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नवीकरणीय ऊर्जा उत्पादनमा जोड दिँदै आएको चीनले अबको ९ वर्षमा पम्प स्टोरेज जलविद्युत आयोजनाको जडित क्षमता १ लाख २० हजार मेगावाट पुर्याउने भएको छ । नवीकरणीय ऊर्जाले कोइलामा आधारित विद्युतलाई प्रतिस्थापन गर्ने उद्देश्यले पम्प स्टोरेज जलविद्युत आयोजनामा लगानी बढाउँदै लैजान लागेको हो ।

चीनले यो लक्ष्य सन् २०३० भित्र पूरा गर्ने गरी पम्प स्टोरेज आयोजना निर्माणको काम अघि बढाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । सन् २०२५ भित्र ६२ हजार मेगावाटका पम्प स्टोरेज आयोजना निर्माण गरिसक्ने र त्यसको ५ वर्षपछि थप ६० हजार मेगावाटका आयोजनाको विद्युत उत्पादन गर्ने चीनको योजना छ ।

अहिले चीनमा सञ्चालित पम्प स्टोरेज जलविद्युत आयोजनाको जडित क्षमता ३० हजार ३ सय मेगावाट छ । चीनले कोइलामा आधारित थर्मल प्लान्ट सधैंका लागि बन्द गर्न, प्रसारण तथा वितरण प्रणालीलाई दिगो बनाउन र गुणस्तरीय विद्युतका लागि पम्प स्टोरेज आयोजनाको निर्माणलाई तीव्रता दिएको समाचारमा जनाइएको छ ।

यस्तै, चाइना थ्रीगर्जेज (सिटिजी)ले भर्खरै १७ सय मेगावाटको पम्प स्टोरेज जलविद्युत आयोजना बनाउन सुरु गरेको छ । सिटिजीले चीनको १४औं पञ्च वर्षिय योजनामा समावेश मध्यम तथा दीर्घकालिन विकास आयोजना अन्तर्गत यो पम्प स्टोरेज आयोजनाको निर्माण सुरु गरेको हो ।

झेजियाङ्ग प्रान्तमा टिआन्टाइ पम्प स्टोरेज जलविद्युत आयोजनाको निर्माण सुरु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । यो पम्प स्टोरेज आयोजनाको विद्युतगृहमा ४२५ मेगावाटका वटा जेनेरेटर राखेर विद्युत उत्पादन गरिनेछ ।

यो पम्प स्टोरेज आयोजना निर्माण सम्पन्न भई उत्पादन हुने विद्युत झेजियाङ्ग प्रान्तको प्रसारण प्रणालीको पिक लोड व्यवस्थापनमा उपयोग गरिने भएको छ । साथै, प्रणालीको गुणस्तर सुधार, आपतकालिन उपयोग तथा विद्युत जगेडा राख्न र पूर्वी चीनको ग्रिडको प्रणाली सहज बनाउन पनि यो आयोजना सञ्चालन गरिने समाचारमा जनाइएको छ ।

यो पम्प स्टोरेज आयोजना सञ्चालन गरी वार्षिक १ अर्ब ७० करोड युनिट विद्युत उत्पादन गर्ने योजना छ । यो विद्युतको उपयोगले ५ लाख २० हजार टन बराबरको कोइला खपत घटाउन सकिने अनुमान छ । झेजियाङ्गको ग्रिडमा बग्ने कोइलाको विद्युत खपतमा कमी आउँदा १० लाख ४ हजार टन कार्बन उत्सर्जन कम हुने सिटिजीले जनाएको छ ।

यो जलविद्युत आयोजना सञ्चालनमा आउँदा स्थानीय क्षेत्रको पूर्वाधार विकास तथा आर्थिक विकासमा पनि टेवा पुग्ने सिटिजीको दाबी छ । सिटिजी चीनको सरकारी कम्पनी हो । सिटिजीले विश्वकै ठूलो २२ हजार ५ सय मेगावाटको थ्रीगर्जेज जलाशय जलविद्युत आयोजना निर्माण गरेको छ । 

सिटिजी विश्वभरमा नवीकरणीय ऊर्जामा लगानी गर्ने समूह हो । यो समूहले ठूला जलविद्युत आयोजनामा लगानी गर्दै आएको छ । अहिलेसम्मा यो समूहले करिब ७० हजार मेगावाटका आयोजना निर्माण गरिसकेको छ ।

सम्पन्न भई सञ्चालनमा आइसकेका तथा अहिले निर्माणाधीन र निर्माणमा जाने आयोजनाको जडित क्षमता १ लाख १८ हजार मेगावाट पुगेको छ । सिटिजीले चीनबाहेकका मुलुकमा पनि १५ हजार मेगावाटका आयोजनामा काम गरिरहेको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूको सहयोगमा अनुवाद

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit