विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । संखुवासभामा निर्माणाधीन १४.९ मेगावाटको मायाखोला जलविद्युत आयोजनाको ८० प्रतिशत काम पूरा भएकाे छ । मायाखोला हाइड्रो पावर कम्पनीले निर्माण गरीरहेको आयोजनाको काम अन्तिम चरणमा पुगेको हो ।

आयोजनाको सिभिल संरचनाको काम सकिएको कम्पनीका कार्यकारी अध्यक्ष बिजयमान शेरचनले बताए । उनका अनुसार आयोजनाको उपकरण जडानको काम भइरहेको छ ।

‘आयोजनाको हाइड्रो र इलेक्ट्रो  मेकानिकल उपकरण जडानको काम भइरहेको छ,’ उनले ऊर्जाखबरसँग भने, ‘२२ सय मिटर मुख्य सुरुङ खन्ने काम पुरा गरी ढलानको काम पनि सकिएको छ ।’

आयोजनाको बाँकी २० प्रतिशत काम पूरा गरेर आगामी चैतभित्र उत्पादन सुरु गर्ने लक्ष्य रहेको पनि शेरचनले बताए । यो आयोजनाको निर्माण सम्पन्न गरी गत असारदेखि विद्युत उत्पादन गर्ने तालिका थियो । तर, कोरोना महामारीको दोस्रो लहरमा ४० जना बढी कामदार तथा कर्मचारी संक्रमित भएपछि निर्माण प्रभावित हुँदा विद्युत उत्पादन हुने तालिका सरेको हो ।

नयाँ तालिका अनुसार अब आयोजनाबाट २०७८ चैतभित्र विद्युत उत्पादन गर्ने तालिका छ । आयोजना सम्पन्न भई उत्पादन हुने विद्युत कोसी कोरिडोरको तुम्लिङटार–इनरुवा खण्डको बानेश्वर सबस्टेसनमा जोडिनेछ । आयोजनाको विद्युतगृहबाट सबस्टेसनसम्म आवश्यक ३ किलोमिटर प्रसारण लाइन कम्पनी आफैले निर्माण गरेको हो ।

यो आयोजना सम्पन्न गर्न २ अर्ब ५० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । माया खोला ‘सुपर सिक्स’ अन्तर्गत प्रतिस्पर्धा गराएर निजी क्षेत्रलाई निर्माण गर्न दिइएको आयोजना हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit