विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । लगानी बोर्ड नेपालले ६६९ मेगावाटको तल्लो अरुण आंशिक जलाशय जलविद्युत आयोजनाको प्रवद्र्धकसँग गरिने आयोजना विकास सम्झौता (पिडिए) को मस्यौदा स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा बोर्डका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको ५४औं बैठकले सो मस्यौदा स्वीकृत गरेको हो ।

तल्लो अरुण निर्माण गर्ने अनुमति पाएको भारतको भारतीय कम्पनी सतजल जलविद्युत निगमले स्थापना गरेको एसजेभिएन लोअर अरुण पावर डेभलपमेन्ट कम्पनीसँग हुने पिडिएको मस्यौदा अनुमोदनका लागि मन्त्रिपरिषद्मा पठाउने निर्णय गरिएको छ । बोर्डको ५३औं बैठकको निर्णय अनुसार प्रमुख कार्यकारी अधिकृत सुशील भट्टको संयोजकत्वमा विभिन्न मन्त्रालय तथा निकायका प्रतिनिधिहरू सदस्य रहेको वार्ता समिति गठन गरी मस्यौदा तयारी थालिएको थियो ।

बोर्डले यसअघि नै तल्लो अरुणका लागि ९२.६८ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत गरिसकेको छ । आफ्नो उत्पादनको सम्पूर्ण ऊर्जा निर्यात गर्ने एवं निर्धारित समयमै निर्माण सम्पन्न गर्ने गरी अगाडि बढाइएको तल्लो अरुणलाई रूपान्तरणकारी आयोजना मानिएको छ ।

यसैगरी, बैठकले ७५६ मेगावाट क्षमताको तमोर जलाशय आयोजना अघि बढाउने सम्बन्धमा प्रस्तावकसँग १९ जनवरी २०२० मा भएको समझदारी पत्रको पालना सम्बन्धमा पत्राचार गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit