विद्युत अपडेट

  • प्राधिकरण : ७३२२ मे.वा.घन्टा
  • सहायक कम्पनी : २८६४ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२४८७ मे.वा.घन्टा
  • आयात : १२८९५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३०५१ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८६१९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९०६ मे.वा.
२०८१ ब‌ैशाख ४, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मकवानपुरमा निर्माण भइरहेको ४००/२२०/१३२ केभी सबस्टेसनको निर्माण समयभित्र पूरा नगरे ठेक्का तोड्ने सम्मको चेतावनी दिएको छ । निर्माणको प्रगति विवरण लिन स्थलगत अवलोकनमा गएका प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ठेकेदारलाई यस्तो चेतावनी दिएका हुन् ।

घिसिङ शनिबार मकवानपुरको हेटौंडा उप–महानगरपालिकास्थित थानाभर्याङमा निर्माणाधीन सबस्टेसनको अनुगमन गर्न पुगेका थिए । २०७९ साल फागुनको अन्तिम साता पनि अनुगमन भ्रमणमा गएका उनी २२० केभी सबस्टेसन निर्माणमा त्यसपछि कुनै प्रगति नदेखिएपछि आक्रोशितसमेत देखिएका थिए ।

फागुनमा ठेकेदार कम्पनीहरूले आगामी असारभित्र सबस्टेसनको निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए । तर, प्रतिबद्धता विपरित निर्माणस्थलमा कुनै प्रगति नदेखिएपछि आक्रोशित हुँदै घिसिङले भने, ‘एक महिनाभित्र काम पूरा गर्नु भएन भने हामीले ठेक्का तोड्छौं ।’ उनले सबस्टेसन निर्माणस्थलबाटै निर्माणको ठेक्का लिएका भारतीय कम्पनीहरू सिमेन्स लिमिटेड र टेलमोस इलेक्ट्रोनिक्सको संयुक्त उपक्रमका पदाधिकारीहरुलाई फोन गरी तोकिएको समयमा सम्पन्न गर्न निर्देशन दिएका थिए ।

भारतको दिल्लीमा रहेका सिमेन्सका निहित गुप्ता र टेलमोसका रवि गुप्तालाई छुट्टाछुट्टै फोन गरी आइतबार काठमाडौं आएर संयुक्त बैठक गर्न निर्देशन दिए । ‘सबस्टेसन निर्माणको अनुगमनमा नियमित रूपमा आइरहेको छु, विगत दुई महिनामा केही काम भएको देखिएन,’ उनले भने, ‘सबस्टेसनको निर्माण तत्काल सम्पन्न हुनुपर्छ । पूर्व–पश्चिममा थप विद्युत प्रवाहका लागि हामीलाई चाप छ, सबस्टेसन तत्काल सञ्चालन गर्न सकेनौं भने दैनिकरूपमा ४००–५०० मेगावाट विद्युत खेर जान्छ ।’

विद्युत खेर जाने अवस्था आयो भने खेर गएको परिमाण बराबरको बिजुलीको क्षतिपूर्ति तिराउने पनि घिसिङले चेतावनी दिए । ‘तुरुन्त काठमाडौ आएर संयुक्त बैठक गरौं, काम गर्न सक्दैनौ भने छोडेर जाऊ,’ उनले भने ।

चिनियाँ कम्पनी सेन्ट्रल चाइना पावर ग्रिड इन्टरनेशनल इकोनमिक एण्ड ट्रेडको काम सन्तोषजनक नभएपछि प्राधिकरणले ठेक्का टोडी बाँकी काम गर्न टेण्डरमार्फत सिमेन्स लिमिटेड र टेलमोस इलेक्ट्रोनिक्सको संयुक्त उपक्रमसँग ५ पुस २०७५ मा ठेक्का सम्झौता भएको थियो । यही प्याकेजमा  सुनसरीको इनरुवामा पनि २२० केभीको सबस्टेस निर्माण पनि राखिएको छ । कोभिड–१९को महामारीलगायतका कारणले प्रभावित भएपछि सबस्टेसनको निर्माण आगामी असारभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ठेकेदारला हप्काउँदै

 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit