विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले १० मेगावाटसम्म जडित क्षमता भएका जलविद्युत् आयोजनालाई विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गर्न बोलाएको छ । प्राधिकरणल् विद्युत् जडान सम्झौता (ग्रिड कनेक्सन एग्रिमेन्ट) भएको रोलक्रमका आधारमा नदी प्रवाही (आरओआर) र आंशिक जलाशय (पिआरओआर) आयोजनाका प्रवर्द्धकलाई पिपिए गर्न बोलाएको हो ।

विद्युत् व्यापार विभागले आवश्यक कागजातहरू र दस्तावेज सहित विभागमा निवेदन पेस गर्न सूचना जारी गरेको छ । यसैगरी, विभागले पिपिए सम्झौता सम्पन्न भइसकेका जलविद्युत् आयोजनाहरूको २५ प्रतिशतसम्म क्षमता अभिवृद्धि भएको भए त्यस्ता आयोजनालाई पनि पिपिए गर्न बोलाएको हो ।

प्राधिकरणको २०८० माघ २४ गते बसेको सञ्चालक समितिको बैंकठले पिपिए खोल्न निर्णय गरेको थियो । बैठकले साना लगानीकर्ताहरूलाई प्रोत्साहन गर्न पिपिए सीमाको अधीनमा नरहने गरी ग्रिड कनेक्सन एग्रिमेन्ट सम्पन्न भएका वा हुने आयोजनाहरूमध्ये १० मेगावाटसम्म जडित क्षमता भएका आरओआर तथा पीआरओआर जलविद्युत् आयोजनाहरूलाई लिउ वा तिर प्रावधानमा पिपिए गर्ने निर्णय गरेको थियो ।

साथै पिपिए सम्झौता सम्पन्न भइसकेका आरओआर तथा पीआरओआर आयोजनाहरूको हकमा बढीमा २५ प्रतिशतसम्म क्षमता अभिवृद्धि हुँदा समेत पिपिएको सीमाको अधीनमा नरहने गरी पिपिए सम्झौता संशोधन गर्ने निर्णय गरेको थियो ।

सोहि निर्णय बमोजिम पिपिए वा पिपिएमा क्षमता वृद्धि गर्नुपरेमा आवश्यक कागजातहरू/दस्तावेज सहित प्राधिकरण, विद्युत् व्यापार विभागमा निवेदन पेस गर्न प्राधिकरणले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३