विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

कपिलवस्तु । वाणगंगा नगरपालिका–७ खारखानीमा १२५ मेगावाट विद्युत् उत्पादन गर्न सोलार प्लान्ट निर्माण हुने भएको छ । सोलार प्लान्ट आयोजना बन्ने सञ्चालन गर्ने विषयमा बिहीबार सम्झौता भएको हो । वाणगंगा नगरपालिकाका प्रमुख मंगलप्रसाद थारू र निर्माता कम्पनी सिंगापुरको राइजेन इनर्जी जेटीई लिमिटेडका प्रोजेक्ट म्यानेजर वाङ छिङले समझदारीपत्रमा हस्ताक्षर गरे ।

सम्झौतापछि ११ अर्ब २५ करोड रुपैयाँको लागतमा मेगा सौर्य प्लान्ट परियोजना निर्माणको बाटो खुलेको छ । चीनमा रहेको मुख्य कम्पनीले सिंगापुरको आफ्नै सहायक कम्पनीमार्फत यहाँ लगानी गर्न लागेको हो । करिब १८ महिनादेखि यहाँ प्लान्ट निर्माण आयोजनाको प्रक्रिया सुरु गरिएको थियो ।

‘सुरुमा जग्गा हेरियो,’ राइजेन इनर्जी जेटीई लिमिटेडका नेपाल प्रतिनिधि छविलाल सिटौलाले भने, ‘त्यसपछि वडा, नगरपालिका र सामुदायिक वनसँग जग्गाको सहमति लिइयो ।’ सबैबाट सकारात्मक सहयोग हुने भएपछि प्रक्रिया अघि बढाइएको उनले बताए । त्यही क्रममा प्रि–फिजिइबिलिटी अध्ययन गरिएको उनको भनाइ छ । उपयुक्त देखिएपछि आयोजना निर्माण गर्न चिनियाँ कम्पनी उत्सुक देखिएको उनले बताए ।

सम्झौता भएसँगै बिहीबारैबाट डीपीआर बनाउन कम्पनीका प्राविधिक फिल्डमा खटिएका छन् । उनीहरूले माटो, वातावरणीय प्रभाव, उत्खनन र जनजीवनमा पर्ने असरलगायत विषयमा विस्तृत अध्ययन गर्नेछन् । सन् २०२१ अन्त्यसम्म कागजी प्रक्रिया, अध्ययन अनुसन्धान तयारी पूरा गरिने बताइएको छ । २०२२ को जनवरीबाट धमाधम निर्माण काम थालिने सिटौलाले बताए । बढीमा डेढ वर्षमा निर्माण पूरा गरेर विद्युत् उत्पादन गरिनेछ ।

यति ठूलो सोलार प्लान्ट वाणगंगा नगरपालिकामा बन्न लागेकामा आफूहरू निकै खुसी भएको नगर प्रमुख थारूको भनाइ छ । ‘यसले यहाँको जनजीवन र आयआर्जनमा ठूलो सहयोग गर्नेछ,’ उनले भने, ‘वाणगंगा नगरपालिका मात्र नभई जिल्ला नै लोडसेडिङमुक्त हुनेछ ।’

उत्पादित बिजुली विद्युत् प्राधिकरणको राष्ट्रिय ग्रिडमा जोडेर वितरण गरिनेछ । सय मेगावाट राष्ट्रिय ग्रिडमा जोडिनेछ भने २५ मेगावाट ब्याकअपका लागि स्टोरेज गरेर राखिनेछ । शतप्रतिशत लगानी चीनको राइजेन इनर्जीले बेहोर्नेछ । ‘नेपालमा हाम्रो कम्पनीको यो ठूलो आयोजना हो,’ म्यानेजिङ डाइरेक्टर चौं ई तेनले भने, ‘यसले नेपालको विकासमा सहयोग गर्छ ।’

२५ वर्ष कम्पनीले सञ्चालन गरेर सरकारलाई हस्तान्तरण गर्ने बताइएको छ । आयोजना निर्माणपछि स्थानीयस्तरमा आयआर्जन र रोजगारीको अवसर सिर्जना हुने वाणगंगा नगरपालिका–७ का वडाध्यक्ष विष्णु गिरीले बताए । लोडसेडिङ अन्त्य, कलकारखाना, उद्योगधन्दा र व्यवसाय फस्टाई आर्थिक उपार्जनमा सहयोग पुग्ने उनको भनाइ छ ।

सौर्य ऊर्जाबाट विद्युत् उत्पादन गर्ने यो मुलुकको सबैभन्दा ठूलो आयोजना हो । यहाँ आयोजनाका लागि लगानी गरेको कम्पनीले नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा बनाउन लागेको ५० मेगावाटको सौय ऊर्जा प्लान्ट ठेक्का लिएर काम गरिरहेको छ । विश्वकै १० ठूला सौर्य ऊर्जा उत्पादन, अनुसन्धान र बिक्री वितरण गर्ने कम्पनीमध्ये यो एक भएको राइजेन इनर्जी जेटीई लिमिटेडका प्रोजेक्ट म्यानेजर वाङ छिङले दाबी गरे । यसले बर्सेनि विश्वका विभिन्न मुलुकमा १ हजार ४ सय मेगावाट सौर्य ऊर्जा उत्पादन गर्दै आएको पनि उनको भनाइ छ । आयोजनाका लागि खारखानीमा १ सय ३० हेक्टर जग्गा सरकारले प्रदान गरेको छ ।

कान्तिपुर दैनिक

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit