विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बरुण हाइड्रो पावर कम्पनीको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकको वित्तीय विवरण कमजोर देखिएको छ । कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी घटेसँगै खुद नाफा पनि घटेकाे छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार आवकाे तेस्रो त्रैमाससम्ममा ५२ लाख ७२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यही अवधिको तुलनामा ६४ लाख २९ हजार रुपैयाँ कम हो । गत वर्ष याे अविधमा कम्पनीले १ करोड १७ लाख १ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यसअवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि १ करोड ९६ लाख ६३ हजार रुपैयाँले घटेको छ । कम्पनीले यो अवधिसम्ममा ४ करोड ५८ लाख २२ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आवको यही अवधिमा ६ करोड ५५ लाख ८६ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

प्रसारण लाइनका कारण आयोजना पूर्ण क्षमतामा चल्न नपाएकाले आम्दानी घटेको कम्पनीले जनाएको छ । कम्पनीको ४.४४५ मेगावाटको हेवा खाेला सञ्चालनमा छ ।

पाँचथर पावरले २ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमायो

पाँचथर पावर कम्पनीले २ करोड ९५ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा सो मुनाफा आर्जन गरेको हो ।

 यो नाफा गत वर्षको यही समयअवधिको तुलनामा भने घटेको कम्पनीले जनाएको छ । कम्पनीले गत वर्ष यही समयअवधिमा ६ करोड ६४ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि गत वर्षको तुलनामा ४ करोड ५ हजार रुपैयाँ घटेको छ । खोलामा पानीको प्रवाह कम हुन गएको विद्युत उत्पादन आम्दानी पनि घटेको कम्पनीले जनाएको छ । कम्पनी अनुसार आवको तेस्रो त्रैमाससम्म विद्युत बिक्रीबाट २६ करोड ७१ लाख ५० हजार रुपैयाँ आम्दानी भएको छ । गत वर्ष यही समयअवधिमा ३० करोड ७१ लाख ५५ हजार रुपैयाँ आम्दानी भएको थियो ।

यही अवधिमा कम्पनीले अन्य स्रोतबाट ४ लाख ४८ हजार रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १२.२८ रुपैयाँ रहेको छ । प्रतिसेयर नेटवर्थ ८८.५१ रुपैयाँ रहेको छ । कम्पनीको १४.९ मेगावाटको हेवा खोला ‘ए’ सञ्चालनमा छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit