विद्युत अपडेट

  • प्राधिकरण : ७१६८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३९६५ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११६९९ मे.वा.घन्टा
  • आयात : १२५३९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २५५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७९२२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९१३ मे.वा.
२०८१ चैत २४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक

काठमाडौँ । विकास आयोजनाहरूलाई सहज रुपमा विस्फोटक पदार्थ उपलब्ध गराउन तथा यसको प्रयोगलाई सहज बनाउन सरकारले समिति गठन गरेको छ । राष्ट्रिय विकास समस्या समाधान समितिको बिहीबार बसेको ५२ औँ वैठकले भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयको संयोजकत्वमा रक्षा मन्त्रालय र नेपाली सेनाका प्रतिनिधि रहेको समिति गठन गर्ने निर्णय गरेको हो । 

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले विस्फोटक पदार्थ उपलब्धता र प्रयोग थप प्रभावकारी बनाउन आवश्यक देखिएको भन्दै बैठकमा प्रस्ताव लगेका थिए । उनको प्रस्तावलाई समितिले अनुमोदन गरेको हो । समितिले यसबारे अध्ययन गरी ३० दिनभित्र समाधान गर्ने प्रस्ताव उपाध्यक्ष श्रेष्ठले प्रस्तुत गरेका थिए । 

त्यस्तै, समितिको बैठकले विद्युत् प्रसारण लाइन निर्माणका लागि आवश्यक जग्गा प्राप्ति, मुआब्जा वितरण र क्षतिपूर्ति निर्धारण तथा स्थानीय अवरोधका कारण निर्माणमा परेको बाधाबारे अध्ययन गर्नसमेत समिति गठन गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको संयोजकत्वमा गठन हुने समितिमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, अर्थ, गृह, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय योजना आयोग तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) का प्रतिनिधिसमेत रहने भएका छन् । समितिलाई २ महिनाभित्र अध्ययन प्रतिवेदन पेश गर्न कार्यादेश तोकिएको छ ।

समितिले विद्युत् प्रसारण लाइन निर्माणका लागि जग्गा प्राप्ति, क्षतिपूर्तिको व्यवस्था, प्रसारण लाइनले चर्चेको जमिनको छुट्टै कित्ता कायम गरी बाँकी जमिन उत्पादन र बैंक धितो प्रयोजनमा प्रयोग गर्न पाइने व्यवस्था,  प्रसारण लाइन आयोजनामा जग्गाधनीले प्राथमिकतामा सेयर पाउनेलगायतका व्यवस्थाबारे अध्ययन गर्ने जिम्मेवारी पाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३